अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनाव उत्कर्षमाः इरानद्वारा सैन्य शतर्कता र १ हजार ड्रोन प्रदर्शन

संयुक्त राज्य अमेरिकासँगको तनाव बढ्दै जाँदा इरानले सम्भावित सैन्य कारबाहीको चेतावनी दिँदै आफ्नो सैन्य तयारीलाई तिब्र पारेको छ ।

इरानले हालै आफ्नो सेनामा १ हजार स्वदेशी रणनीतिक लडाकु ड्रोनहरू समावेश गरेको छ । स्ट्रेट अफ हर्मुजमा सैन्य अभ्यासको घोषणा गरेको छ ।

साथै इरानको इस्लामिक रिभोलुसन गाड्र्स कप्र्सले स्ट्रेट अफ हर्मुजमा लाइभ–फायर अभ्यास गर्ने प्रेस टीभीले जनाएको छ । यी पछिल्ला घटनाक्रमहरू यसै हप्ताको शुरुमा अमेरिकाले मध्य पूर्वमा विमानवाहक युद्धपोत नेतृत्वको स्ट्राइक ग्रुप परिचालन गरेपछि आएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक विशाल आर्मडा इरानतर्फ गइरहेको र तेहरानलाई सम्झौतामा पुग्न समय घर्किँदै गएको चेतावनी दिएका थिए ।

सम्बन्धित समाचार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...