Breaking News

प्रतिनिधिसभा सदस्य निर्वाचनः मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु

काठमाडौँ। निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन लागिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्धन एकाइले यस विषयमा काम गरिरहेको सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो ।

एकाइले पत्ता लगाएका कुल ३०२ वटा हानिकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको पनि उहाँले बताउनुभयो ।

आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगबाट निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत भई लागु भएको छ।

माघ ४ गते राति १२ः०० बजेदेखि लागु भएको आचारसंहिता उल्लङ्घनका घटनामा तोकिएका निकायले उजुरी तथा जानकारी लिने र उल्लङ्घनमा संलग्न भएका भनिएका राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारीसँग आवश्यक स्पष्टीकरण लिने कार्यसमेत भइरहेको छ ।

यस अवधिमा सरकारी निकाय, राजनीतिक दल, उम्मेदवार, आममतदाता, सञ्चारकर्मीलगायत सबै क्षेत्रबाट आचारसंहिता पालनामा देखाएको अग्रसरताका लागि निर्वाचन आयोग धन्यवाद ज्ञापन गरेको छ ।

निर्वाचन अवधिभर आचारसंहिताको पूर्ण पालना गराउन सरोकार भएका सबै पक्षलाई ध्यानाकर्षण गराउँदै निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ बमोजिमको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिता लागु भएदेखि माघ १४ गतेसम्म राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । त्यसमध्ये आठ वटाको जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको जनाइएको छ ।

आचारसंहिता कार्यान्वयन तथा निर्वाचनलाई आर्थिक रूपमा पारदर्शी बनाउन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन खर्चका लागि अलग्गै बैँक खाता खोल्न नेपाल राष्ट्र बैँकलाई पत्राचार गरिसकेको छ ।

राष्ट्र बैँकबाट बैँक तथा वित्तीय संस्थालाई परिपत्र भइसकेको छ । जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा ५ र २३ तथा निर्वाचन (कसुर तथा सजाय ऐन, २०७३ को दफा २९ख) एवं निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आर्थिकबाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकहरूलाई आर्थिकसँग सम्बन्धित विषयमा फरकफरक कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतसमेत तोकिसकिएको आयोगले जनाएको छ ।

निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठाउने गरी कुनै गतिविधि भएमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश, जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक एवं विद्युतीय माध्यमबाट उजुरी दिन सकिने उहाँले बताउनुभयो ।

 

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा

वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा...

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...