Breaking News

बालेन लक्षित ओलीको टिप्पणी: बतासे अण्डाबाट चल्ला निस्किँदैन

काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै बतासे अण्डाबाट चल्ला ननिस्किने टिप्पणी गर्नुभएको छ ।

नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले अहिले लडाईं देश जलाउने की देश बनाउनेहरुको बीचमा रहेको बताउनु भयो । साह झापा ५ मा आफूसँग ठुटे सिंङ लिएर सिंगौरी खेल्न पुगेको टिप्पणी गर्नुभयो । उहाँले नेकपा एमाले देश बनाउन शक्ति भएको बताउँदै देश जलाउने शक्तिहरु कहिल्यै सफल नहुने बताउनु भयो ।

उहाँले उनीहरुले देश जलाएको पनि स्वीकार गरिसकेको बताउनु भयो । अराजकता मच्चाउँदै जाने की विधिको शासन, कानूनको राज बनाउँदै जाने भन्ने हिसाव आगामी निर्वाचनले गर्ने बताउनु भयो । ओखलढुंगाबाट अस्मिता थापालाई विजयी गराएर पठाउनेमा आफू विश्वस्त रहेको बताउँदै अध्यक्ष ओलीले अस्मिता हार्नु एउटा ठाउँमा देश हार्नु सरह भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले लडाईं देश जलाउने की देश बनाउनेहरुको बीचमा छ । हामी देश बनाउने शक्ति हौँ । अरु देश जलाउने शक्ति हुन्, पार्टी हुन् । त्यसको जिम्मा पनि अहिले उनीहरुले स्वीकारिसके हामी हौँ भनेर । अब भविष्यमा देश जलाउँदै जाने की बनाउँदै जाने ? अराजकता मच्चाउँदै जाने की विधिको शासन, कानूनको राज बनाउँदै जाने की देशमा बढ्दै जाओस् भनेर अनुकुल बनाउने, देशमा लडाईं गराउनेहरु छन् । म विश्वस्त छु, यहाँहरुले अस्मितालाई विजयी गराउनुहुनेछ । सूर्य चिन्हलाई विजयी गराउनुहुनेछ । नेकपा एमालेलाई विजयी गराउनुहुनेछ । देशलाई विजयी गराउनुहुनेछ । देशलाई हार्न दिनु हुनेछैन । अस्मिता हार्नु भनेको १६५ मध्ये एउटा ठाउँमा देश हार्नु हो । एउटा ठाउँमा पनि देश हार्नु हुँदैन । अस्मितालाई जिताएर पठाउनुस् । मेरै ठाउँमा पनि केही ठुटे सिङ लिएर पुगेका छन् । सिंगौरी खेल्न । मैले धेरै केही भन्न पर्दैन, अण्डा दुई प्रकारका हुन्छन् एउटा बतासे र एउटा साँच्चिकैको । बतासे अण्डाबाट चल्ला निक्लिदैन । यि बतासे अण्डाबाट पनि चल्ला निस्किने छैन । यि बतासका खेती गरिरहेका छन् । यिनीहरुका उद्देश्य छैन, विचार छैन । भोलि उठी कहाँ जाने केही थाहा छैन । फर्की आउने हो की होइन त्यो पनि थाहा छैन । आगो झोस्न जानेको छ, देश बिगार्न, भड्काउन, तोडफोड गर्न जानेको छ । लुटपाट गर्न जानेको छ । आगजनजी गर्न जानेको छ । ’
अध्यक्ष ओलीले रास्वपा लगायतका शक्तिहरुले लुटपाट गर्न, आगजनी गर्न मात्रै जानेको बताउनु भयो ।

सम्बन्धित समाचार

मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान

मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान

काठमाडौं। कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रहरूमा सुविधाहरूमा इरानले आक्रमण गरेपछि तरलीकृत...

पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै

पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै

ललितपुर । पुल्चोकस्थित दाउरा थकाली रेष्टुरेन्टमा आगलागी हुँदा पूर्णतः क्षति भएको छ । रुफटप सहित रेष्टुरेन्टको दुई तला पूर्ण...

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...

पुलचोकको दाउरा थकालीमा आगलागी

पुलचोकको दाउरा थकालीमा आगलागी

काठमाडौं । पुल्चोकका दाउरा थकालीमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अहिले भर्खरै आगलागी...