सनराइज फर्निचर नयाँ बानेश्वर शोरुमको उद्घाटन शनिबार
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा स्थापना भएको सनराइज फर्निचर शोरुमको औपचारिक उद्घाटन शनिबार हुँदैछ । शोरुम उद्घाटनको अवसरमा ३ दिनसम्म विशेष छुट प्रदान हुनेछ ।
आकर्षक गोदामसहित नयाँ बानेश्वरमा सनराइज फर्निचरको तेस्रो शोरुम स्थापना भएको हो । शोरुम उद्घाटनको अवसरमा साउन २१ देखि २३ गतेसम्म ३० प्रतिशत छुट प्रदान गरिने सञ्चालक सुमन बस्नेतले जानकारी दिए । शोरुम स्थापनाको अवसरमा ३ दिनसम्म प्रदान हुने विशेष छुटबाट धेरै ग्राहकहरु लाभान्वित हुनेमा आफू विश्वस्त रहेको बस्नेतले बताए ।
यस अगाडि ढल्कु र जडिबुटीमा २ वटा शोरुमबाट व्यवसाय सञ्चालन भइरहेको छ। कम्पनीले १४ वर्ष अगाडि फर्निचर फ्याक्ट्री स्थापना गरेको हो । सनराइज फर्निचर उद्योग सन् २००७ सालमा स्थापना भएको हो ।
कम्पनीमा चिनियाँ र नेपाली व्यवसायीको लगानी छ । क्वालिटी, फिनिसिङ, राम्रो काठको छनोट, राम्रो प्लाइको प्रयोगले सनराइज फर्निचरका सामान निकै आकर्षक र बलियो हुने बस्नेत बताउँछन् । ‘ग्राहकको अर्डर र डिजाइनअनुसारको फर्निचर सामग्री तयार हुन्छ,’ उनले भने ।
सनराइज नेपालमै बनेको फर्निचर ब्राण्ड हो । अफिस र घरायसीलगायत सम्पूर्ण फर्निचर कम्पनीले ग्राहकलाई उपलब्ध गराउँदै आइरहेको बस्नेतले बताए । ‘क्वालिटीअनुसार सस्तो मूल्यमा फर्निचर ग्राहकलाई उपलब्ध गराउन सफल छौं, नेपालमा बनेको फर्निचर राम्रो क्वालिटीको पनि भएको हुँदा धेरैको रोजाइमा परेको छ,’ बस्नेतले भने ।
नयाँ बानेश्वर शाखाको उद्घाटन पछि सनराइज फर्निचरको नयाँ शोरुम गाइघाटमा खोल्ने लगानीकर्ताहरुको तयारी छ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




