सनराइज फर्निचर नयाँ बानेश्वर शोरुमको उद्घाटन शनिबार

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा स्थापना भएको सनराइज फर्निचर शोरुमको औपचारिक उद्घाटन शनिबार हुँदैछ । शोरुम उद्घाटनको अवसरमा ३ दिनसम्म विशेष छुट प्रदान हुनेछ ।

आकर्षक गोदामसहित नयाँ बानेश्वरमा सनराइज फर्निचरको तेस्रो शोरुम स्थापना भएको हो । शोरुम उद्घाटनको अवसरमा साउन २१ देखि २३ गतेसम्म ३० प्रतिशत छुट प्रदान गरिने सञ्चालक सुमन बस्नेतले जानकारी दिए । शोरुम स्थापनाको अवसरमा ३ दिनसम्म प्रदान हुने विशेष छुटबाट धेरै ग्राहकहरु लाभान्वित हुनेमा आफू विश्वस्त रहेको बस्नेतले बताए ।

यस अगाडि ढल्कु र जडिबुटीमा २ वटा शोरुमबाट व्यवसाय सञ्चालन भइरहेको छ। कम्पनीले १४ वर्ष अगाडि फर्निचर फ्याक्ट्री स्थापना गरेको हो । सनराइज फर्निचर उद्योग सन् २००७ सालमा स्थापना भएको हो ।

कम्पनीमा चिनियाँ र नेपाली व्यवसायीको लगानी छ । क्वालिटी, फिनिसिङ, राम्रो काठको छनोट, राम्रो प्लाइको प्रयोगले सनराइज फर्निचरका सामान निकै आकर्षक र बलियो हुने बस्नेत बताउँछन् । ‘ग्राहकको अर्डर र डिजाइनअनुसारको फर्निचर सामग्री तयार हुन्छ,’ उनले भने ।

सनराइज नेपालमै बनेको फर्निचर ब्राण्ड हो । अफिस र घरायसीलगायत सम्पूर्ण फर्निचर कम्पनीले ग्राहकलाई उपलब्ध गराउँदै आइरहेको बस्नेतले बताए । ‘क्वालिटीअनुसार सस्तो मूल्यमा फर्निचर ग्राहकलाई उपलब्ध गराउन सफल छौं, नेपालमा बनेको फर्निचर राम्रो क्वालिटीको पनि भएको हुँदा धेरैको रोजाइमा परेको छ,’ बस्नेतले भने ।

नयाँ बानेश्वर शाखाको उद्घाटन पछि सनराइज फर्निचरको नयाँ शोरुम गाइघाटमा खोल्ने लगानीकर्ताहरुको तयारी छ ।

You might also like
Comments
Loading...