समाचार

हेर्नुहोस् आजको मौसम

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

दीपक भट्ट पक्राउ

दीपक भट्ट पक्राउ

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो (सीआईबी) व्यावसायी...

खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा दुई पक्राउ

खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा दुई पक्राउ

काठमाडौँ। खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ९ कि...

गृहमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरको दर्शन

गृहमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ। आज बिहानै उहाँले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन...

कस्तो छ आजको मौसम?

कस्तो छ आजको मौसम?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल...