पाकिस्तानको बलुचिस्तानको आक्रमणलाई विफल पार्ने क्रममा १० सुरक्षाकर्मी र ३७ लडाकू मारिए
पाकिस्तानको बलुचिस्तानमा पृथकतावादी समूहको ठूलो आक्रमणलाई विफल पार्ने क्रममा १० सुरक्षाकर्मी र ३७ लडाकू मारिएका छन् । सुरक्षा बलले विगत ४८ घण्टामा उक्त क्षेत्रमा कुल ८८ आतंककारी मारिएको जानकारी दिएको छ ।
प्रतिवन्धित बलुचिस्तान लिबरेशन आर्मी’ले शनिवार बिहानै क्वेटा, नोस्की र ग्वादर जिल्लासहित एक दर्जनभन्दा बढी स्थानहरूमा एकैसाथ आक्रमण शुरु गरेको थियो । स्रोतकाअनुसार यी आक्रमणहरू विशेषगरी सुरक्षा निकायका प्रतिष्ठान र सरकारी लक्ष्यहरूमा केन्द्रित थिए ।
पाकिस्तानी सशस्त्र बल, फ्रन्टियर कोप्र्स र बलुचिस्तान प्रहरीले तत्काल जवाफी कारबाही गर्दै भीषण गोलाबारीपछि लडाकूहरूको योजना असफल तुल्याएको स्रोतले उल्लेख गरेको छ ।
यस हिंसात्मक भिडन्तमा कैयौँ सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षा स्रोतकाअनुसार पछिल्लो ४८ घण्टामा यस क्षेत्रमा जम्मा ८८ आतंककारीहरू मारिएका छन्। हाल प्रभावित क्षेत्रहरूमा बाँकी रहेका लडाकूहरूको खोजी गर्न र सुरक्षा व्यवस्था दुरुस्त पार्न स्यानिटाइजेसन अपरेशन जारी राखिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...




