पश्चिम अफ्रिका र सहेल क्षेत्रमा बढ्दो आतंकवादी हमलाप्रति घानाका विदेशमन्त्रीको चेतावनी
घानाका विदेशमन्त्री स्यामुएल ओकुजेटो अब्लाक्वाले पश्चिम अफ्रिका र सहेल क्षेत्रमा बढ्दो आतंकवादी घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ।
क्षेत्रीय सहयोग र सुरक्षा सम्बन्धी दुई दिने उच्चस्तरीय परामर्श सम्मेलनको उद्घाटनका क्रममा अब्लाक्वाले यस क्षेत्रमा आतंकवादी हमलाका कारण दैनिक औसत ४४ जनाले ज्यान गुमाउने गरेको चेतावनी दिनुभयो।
मन्त्रीकाअनुसार विगत १५ वर्षमा आतंकवादी हमलामा १ हजार २ सय ६६ प्रतिशतले वृद्धि भएको छ भने सोही अवधिमा मृत्यु हुनेको संख्या २ हजार ८ सय ६० प्रतिशतले बढेको छ।
आतंकवादसँगै गिनीको खाडीमा हुने समुन्द्री डकैती र खुल्ला सिमानाबाट हुने मानव तस्करीले सामुदायिक लचिलोपनलाई कमजोर बनाउँदै लगेको उहाँले बताउनुभयो।
अब्लाक्वाले खण्डिकरण, आशंका र सीमित सूचना आदानप्रदानले साझा समस्याहरू समाधान गर्ने क्षेत्रीय सामूहिक क्षमतालाई घटाउने तर्क गर्दै पारदर्शीता र कार्यमुखी सूचना आदानप्रदानको नयाँ संस्कृति निर्माण गर्न आह्वान गर्नुभयो। घानाका गृहमन्त्री मुन्ताका मोहम्मद–मुबारकले पनि आतंकवाद र हिंसात्मक अतिवाद चिन्ताजनक रूपमा परिष्कृत हुँदै विस्तार भएको बताउनुभयो ।
उहाँले सुरक्षा र गुप्तचर प्रमुखहरूलाई यी खतराहरू समाधान गर्न र आफ्ना देशवासीहरूलाई अस्तित्वको संकटबाट जोगाउन आग्रह गर्नुभयो । गृहमन्त्री मुबारकले सुरक्षा चुनौतीहरू संरचनात्मक कमजोरी, जलवायुजन्य तनाव, स्रोतको अभाव र खाद्य असुरक्षासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्नुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...




