सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । अघिल्लो साताको बिहीबार र शुक्रबार लगातार बढेको सुनको मूल्य यस साताको पहिलो कारोबारको दिन आइतबार भने सुनचाँदीको भाउ ओरालो लागेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।तोलामा ५ सय रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भएको महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेसँगै आज चाँदी तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

You might also like
Comments
Loading...