अर्थ

नेप्से परिसूचक १९ अङ्कले घट्यो

काठमाडौं। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ८५ अङ्कले घटेर दुई हजार ६९४ दशमलव २० को बिन्दुमा कायम भएको हो।

आज ३२९ कम्पनीको दुई करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर एक लाख १० हजार ७२८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ दशमलव ४५ को कारोबार भएको नेप्सेले जनाएको छ। आज व्यापार समूह शून्य दशमलव ५५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ शून्य दशमलव ४२, विकास बैंक शून्य दशमलव ७५, वित्त शून्य दशमलव ४४, होटल तथा पर्यटन एक दशमलव ७५, जलविद्युत् एक दशमलव ३६ र लगानी समूह शून्य दशमलव ९६ प्रतिशतले घटेको छ। त्यस्तै, जीवन बिमा शून्य दशमलव ५२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७६, लघुवित्त शून्य दशमलव ५७, म्यूचुअल फण्ड शून्य दशमलव ५०, निर्जीवन बिमा शून्य दशमलव ६३ र अन्य समूह शून्य दशमलव ९२ प्रतिशतले घटेको छ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ७० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु ५५ करोड ५२ लाख ४० हजार ७६१ बराबरको १७ लाख ४६ हजार ९२४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

सम्बन्धित समाचार

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

काठमाडौँ।  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...

आयात बढ्दा पनि ग्यास अभाव कायमै

आयात बढ्दा पनि ग्यास अभाव कायमै

काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...