कोशी

दमकका सबै वडामा एमालेका निर्वाचन परिचालन कमिटीका कार्यालय

दमक । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटी अन्तर्गत दमक नगरपालिकाका १० वटै वडामा वडा स्तरीय कार्यालय आजदेखि सञ्चालन सुरु गरिएको छ ।

अब पार्टीका हरेक कार्यकर्ता मतदाताका घर घर जाने र एमालेमा मतदान गर्न सम्झाउने एमालेले जनाएको छ । यस अघि नै एमालेले भेला समेत आयोजना गरेर मतदातालाई पार्टी अध्यक्ष एवं झापा ५ का उम्मेद्वार केपी शर्मा ओलीलाई मतदान गर्न प्रचार सुरु गरिसकेको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले जानकारी दिनुभयो ।

झापाको दमक नगरपालिकाका भित्र रहेका सबै वडामा निर्वाचन सम्बन्धी सम्पूर्ण गतिबिधि अघि बढाइने एमाले प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटी संयोजक देवेन्द्र दाहालले जानकारी दिनुभयो । सबै वडामा कार्यालय स्थापना गरिएको र आजदेखि औपचारिक रुपमा सञ्चालन सुरु गरिएको हो ।

पार्टीका वडा कमिटी संयोजक सहित प्रत्येक वडा अन्तर्गत भूगोलमा रहनुहुने पार्टी केन्द्रिय कमिटीका पदाधिकारी, सदस्य, त्यस्तै प्रदेश कमिटी पदाधिकारी तथा सदस्य, जिल्ला र नगर कमिटी समेतका पदाधिकारी तथा सदस्यहरु रहने गरि जिम्मेवारी तोकिएको छ ।
यसैगरी सम्बन्धित वडामा रहने जनसंगठनका सबै पदाधिकारी तथा सदस्यहरु, अगुवा पार्टीका कार्यकर्ता बिज्ञ समेत रहेर कार्यालयमा दैनिक योजना तर्जुमा गरिने छ ।

कार्यालय मार्फत दैनिक पार्टीका कार्यक्रम घरदैलो वडा अन्तर्गत रहेका टोल कमिटीलाई समेत सहजिकरण गरिने छ । यस अघि वडा स्तरमा कम्तिमा १५१ सदस्यीय बढीमा ५०१ सदस्यीय निर्वाचन परिचालन समेत गठन गरिएको छ । वडा स्थापना गरिएका कार्यालय अन्तर्गत योजना तर्जुमा तयार गर्ने, त्यस क्षेत्रमा हुने पार्टीका सम्पूर्ण गतिबिधिको व्यवस्थापन हुने जनाइएको छ ।

सम्बन्धित समाचार

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...

बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

फिदिम । चार महिनापछि परेको वर्षासँगै आएको बाढीले पाँचथरस्थित फेमे खोलामा बनाइएको डाइभर्सन बगाएको छ। डाइभर्सन बगेसँगै सदरमुकाम फिदिम...

इलाम केन्द्रबिन्दु बनाएर भूकम्प

इलाम केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौं। इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका...

गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु

गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु

काठमाडौँ। झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। सोमबार...