डिजिटल दुनियाँको भ्रमबाट जोगिन तयारी आवश्यक छ : अजयबाबु शिवाकोटी
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका लागि दोलखाका उम्मेदवार अजयबाबु शिवाकोटीले प्रविधिको दुनियाँमा आएको परिवर्तनसँगै बढ्दो गलत सूचना (मिसइन्फरमेसन) बाट आफू र समाजलाई जोगाउनुपर्ने बताउनुभएको छ।
तरुण दल र नेपाल विद्यार्थी संघ दोलखाले आइतबार आयोजना गरेको युवा तथा विद्यार्थी भेटघाट एवं डिजिटल सञ्चार अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राख्नुभएको हो।
निर्वाचनको समय नजिकिँदै गर्दा अब विस्तारै विपक्षीहरूले ‘एन्टी-क्याम्पेन’ शुरू गर्ने र त्यसले समाजमा नकारात्मक सामग्रीहरूको बाढी ल्याउने उहाँले उल्लेख गर्नुभयो। उहाँले मानिसहरूलाई झुक्याउने, गलत बाटोमा लैजाने र भ्रमित पार्ने सामग्रीहरूले गर्दा समाजले सही र गलत छुट्याउन नसक्ने अवस्था आउने चेतावनी दिनुभयो ।
शिवाकोटीका अनुसार मतदान गर्नुअघि मतदाताको निर्णयलाई प्रभाव पार्नका लागि नियोजित रूपमा गलत सूचनाहरू फैलाउने गरिन्छ। एक पटक भ्रमका आधारमा गलत निर्णय लिइसकेपछि त्यसलाई सच्याउन नसकिने हुनाले सूचनाको सत्यतथ्य जाँच्न सक्ने क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिनुभयो।
“कुन सूचना सही हो र कुन नियोजित भ्रम हो भनेर चिन्नका लागि अहिलेदेखि नै विशेष तयारी हुनुपर्छ,” उहाँले आजको डिजिटल युगमा युवा पुस्ताले प्रविधिको दुरुपयोगलाई चिर्न सक्नुपर्ने उनको तर्क छ ।
नेता शिवाकोटीले यदि युवाहरू आफ्नै ठाउँबाट सचेत र तयार भएमा मात्रै आफू भ्रमबाट बच्न र बाँकी समाजलाई पनि जोगाउन सकिने बताउनुभयो । उहाँले कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा देखिने सामग्रीहरूको गहिराइ बुझेर मात्रै धारणा बनाउन आग्रह गर्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...
ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत
काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही...
ओली-लेखक पक्राउ : कांग्रेस मौन, एमाले सडकमा
काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलन दमन गरेको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री...
माइतीघरमा एमाले-प्रहरी प्रदर्शन नियन्त्रणबाहिर
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी कार्यकर्ता माइतीघर–नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले ओलीलाई...




