सवारी चालक अनुमति पत्रको नतिजामा परीक्षार्थीको नागरिकता नम्बर सार्वजनिक नगर्न परमादेश
काठमाडौँ । सर्वोच्च अदालतले सवारी चालक अनुमति पत्रको नतिजामा परीक्षार्थीको नागरिकता नम्बर सार्वजनिक नगर्न यातायात व्यवस्था विभागको नाममा परमादेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले सवारी चालक अनुमति पत्रसम्बन्धी लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन गर्दा परीक्षार्थीहरूको नागरिकता नम्बर सार्वजनिक गर्नु कानुनविपरीत भएको ठहर गरेको छ ।
नागरिकको वैयक्तिक गोपनीयता उल्लङ्घन भएको भन्दै कानुनका विद्यार्थी विवेक चौधरीले सवारी साधन चालक अनुमतिपत्रको परीक्षामा नागरिकता नम्बर सार्वजनिक गरेको भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले रिटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र बागमती प्रदेशका विभिन्न यातायात व्यवस्था कार्यालयहरूलाई विपक्षी बनाएका थिए ।
निवेदक चौधरीले यातायात व्यवस्था कार्यालयहरू (एकान्तकुना, ठुलोभर्याङ, चाबहिल र राधेराधे) ले नतिजा प्रकाशन गर्दा नाम र रोल नम्बरका अतिरिक्त नागरिकता नम्बर समेत सार्वजनिक गरेर व्यक्तिको ’गोपनीयताको हक’ उल्लङ्घन गरेको दाबी गरेका थिए ।
‘वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ को दफा १९ ले व्यक्तिगत सूचनाको गोपनीयता राख्ने अधिकार सुनिश्चित गरेको छ र सोही ऐनको दफा २ ले नागरिकता नम्बरलाई व्यक्तिगत सूचनाको रूपमा परिभाषित गरेको छ । तर, कानुनले अधिकार नदिएको अवस्थामा पनि कार्यालयहरूले नागरिकता नम्बर सार्वजनिक गर्नु विधिको शासन विपरीत रहेको उनको रिट निवेदनमा दाबी थियो ।’
नागरिकता नम्बर जस्तो संवेदनशील विवरण सार्वजनिक हुँदा साइबर अपराधीहरूले ’पहिचान चोरी’ वित्तीय ठगी र झुट्टा कागजात बनाउने जस्ता गम्भीर अपराध गर्न सक्ने जोखिम औँल्याएका थिए ।
यस्तै, ’सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ को बुँदा नं. ११ ले उत्तीर्ण परीक्षार्थीको रोल नं. र नाम थर मात्र खुलाई प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको तर नागरिकता नम्बर प्रकाशन गर्ने छुट नदिएको जिकिर रिटमा गरिएको थियो ।
ताजा अपडेट
-
१.
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
-
२.
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
-
३.
इनिशा विक हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन
-
४.
निर्वाचन प्रहरी
-
५.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
ट्रेन्डिङ
सम्बन्धित समाचार
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...
वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा...
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...




