भक्तपुरको पलासेमा खुल्यो ‘प्याली सेट रिसोर्ट’

पलासे । भक्तपुरको पलासेमा सुविधासम्पन्न ‘प्याली सेट रिसोर्ट’ सञ्चालनमा आएको छ । युवा व्यवसायी घनश्याम खत्रीले रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । रिसोर्ट शनिबारबाट सञ्चालनमा आएको छ ।

अनौपचारिक रुपमा सञ्चालनमा आएको रिसोर्टको छिट्टै ग्राण्ड ओपनिङ हुने उनले जानकारी दिए । ८ रोपनी जग्गामा सञ्चालनमा आएको रिसोर्टमा डिलक्स र सुपरडिलक्स गरी १८ वटा रुम छन् ।

अरनीको हाइवेसँगै काठमाडौं फन भ्यालीको आडैमा सञ्चालनमा आएको रिसोर्टमा सुविधा सम्पन्न २ वटा रेष्टुरेन्ट तथा एउटा बारको सुविधा छ । पर्याप्त पार्किङको सुविधा उपलब्ध रहेको रिसोर्टमा कार्यक्रम तथा मिटिङको साना ठूला गरी ३ वटा हल छन् ।

बिबाह, व्रतबन्ध, पास्नी, बर्थडे, इन्गेजमेन्ट लगायतका गतिविधिका लागि रिसोर्ट उपयुक्त रहेको खत्री बताउँछन् ।

पलासे क्षेत्रमा सुविधा सम्पन्न रिसोर्टको आवश्यकता महसुस गरी लगानी गरिएको खत्रीले जानकारी दिए । ‘यस क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट पहिलो पटक सञ्चालनमा आएको हो,’ उनले भने ।

You might also like
Comments
Loading...