Breaking News

ट्रम्प भन्छन्ः इरान अमेरिकासँग गम्भीरतापूर्वक वार्ता गर्दैछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले संयुक्त राज्य अमेरिकासँग गम्भीरतापूर्वक वार्ता गरिरहेको बताउनुभएको छ । एयर फोर्स वानमा पत्रकारहरूले इरानका बारेमा अन्तिम निर्णय लिइसक्नुभएको हो भनी सोधेको प्रश्नमा ट्रम्पले निश्चित रूपमा त्यो भन्न नसक्ने तर अमेरिकाका धेरै ठूला र शक्तिशाली जहाजहरू त्यस दिशामा अघि बढिरहेको जवाफ दिनुभयो । अमेरिका परमाणु हतियार बिनाको एक सन्तोषजनक सम्झौता गर्न तयार रहेको बताउनुभयो ।

इरानसँग वार्ता गरिरहँदा संयुक्त राज्य अमेरिकाले आफ्ना खाडी सहयोगीहरूसँग सैन्य योजनाहरू साझा गर्न नसक्ने बताउनु भयो । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले शुक्रवार तेहरानले विवाद समाधानका लागि निरन्तर संलग्नता र संवादको खोजी गरिरहेको र युद्ध नचाहेको बताउनुभएक्ो थियो । उहाँले इरानको दृष्टिकोण मर्यादामा आधारित कूटनीति, अन्तर्राष्ट्रिय कानूनको ढाँचाभित्रको संलग्नता, आपसी सम्मान र धम्की वा जबरजस्तीबाट टाढा रहने कुरामा आधारित रहेको बताउनुभयो।

संयुक्त राज्य अमेरिकाले इरानसँगको सम्झौतामा युरेनियम संवद्र्धनमा प्रतिवन्ध, पहिले नै संवद्र्धन गरिएको युरेनियम हटाउने, लामो दूरीका क्षेप्यास्त्रहरूमा सीमा तोक्ने र क्षेत्रीय प्रोक्सीहरूलाई दिइने समर्थन फिर्ता लिनुपर्ने शर्तहरू राखेको छ । जुन सबै शर्तहरू तेहरानले अस्वीकार गरेको छ ।

सम्बन्धित समाचार

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज दिउँसो...

इलाम कारागारभित्रै मतदान

इलाम कारागारभित्रै मतदान

इलाम। इलामको कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ। जिल्ला कारागारभित्र रहेको मतदान केन्द्रमा कैदीबन्दीले मतदान गरेका हुन्। कारागारभित्र रहेको...

दोलखामा लुटिका ५५ मध्ये ९ मतपत्र अझै गायव

दोलखामा लुटिका ५५ मध्ये ९ मतपत्र अझै गायव

दोलखा। दोलखामा लुटिएको ४५ वटा मतपत्र फेला परेको छ। तामाकोशी गाउँपालिका ४ गोलेश्वर मावि मतदानस्थलमा मतपत्र लुटिएको थियो। त्यसमध्ये...