गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु
काठमाडौँ। झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। सोमबार साँझ गौरादह नगरपालिका–४ स्थित रामचन्द्रे खोलाको पुलमा गौरादहबाट स्कुलचतर्फ जाँदै गरेको प्र।१–०१–००१ त ९७२० नम्बरको ट्याक्टर अनियन्त्रित भई पुलबाट तल खसेको हो।
दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका–८ की ३८ वर्षीया स्वस्तिका मर्डीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते उनको उपचारका क्रममा दमकस्थित निम्स अस्पतालमा मृत्यु भएको हो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्। घाइतेमध्ये रतुवामाई–८ की ५० वर्षीया मुनीमती सतारको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा रतुवामाईका सन्तोषी किस्कु, एतोबार मुर्मु, बिनिता मर्डी, सरिता मर्डी, ३ वर्षीय बालक गंगाराम मर्डी, ८ वर्षीया मेलिना मर्डी र २६ वर्षीया मिना मर्डी रहेका छन्। मोरङकै सुनबर्षी नगरपालिका–२ की ३० वर्षीया शिला मर्डी, झापा शिवसताक्षी–९ का १७ वर्षीय बिजय वास्की र १२ वर्षीया सम्झना मर्डी छन्।
उनीहरू सबैको निम्स अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनालगत्तै प्रहरी चौकी महारानीझोडा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले ट्याक्टर चालक मोरङ रतुवामाई–५ का २५ वर्षीय चमलाल मुर्मुलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनाग्रस्त ट्याक्टर अझै घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...
बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध
फिदिम । चार महिनापछि परेको वर्षासँगै आएको बाढीले पाँचथरस्थित फेमे खोलामा बनाइएको डाइभर्सन बगाएको छ। डाइभर्सन बगेसँगै सदरमुकाम फिदिम...
इलाम केन्द्रबिन्दु बनाएर भूकम्प
काठमाडौं। इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका...
दमकका सबै वडामा एमालेका निर्वाचन परिचालन कमिटीका कार्यालय
दमक । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटी अन्तर्गत दमक नगरपालिकाका १० वटै वडामा वडा स्तरीय कार्यालय आजदेखि सञ्चालन...




