राजनीति

सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड बनाउने एमालेमा आवद्ध राष्ट्रिय युवा संघको निर्णय

काठमाडौँ। नेकपा एमालेमा आवद्ध युवाहरुको संगठन राष्ट्रिय युवा संघ, नेपालले सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड बनाउने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रमा अध्यक्ष माहाराज गुरुङको कमाण्डमा ५०१ जना केन्द्रिय निर्वाचन परिचालन कमाण्ड र सबै निर्वाचन क्षेत्रमा पनि एमालेको पक्षमा जनमत बढाउने गरी निर्वाचन परिचालन कमाण्ड बनाउने निर्णय गरिएको जानकारी गराएको हो । आम मतदातको सुरक्षालाई समेत ध्यानमा दिएर सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड बनाउने निर्णय गरिएको अध्यक्ष गुरुङले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘केन्द्रमा संगठनका अध्यक्ष कमरेड माहाराज गुरुङ्गको नेतृत्वमा ५०१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमाण्ड बनाएको छ । प्रदेशगत रुपमा मातहतका निर्वाचन परिचालन कमाण्डहरुलाई संयोजन र नेतृत्व गर्ने गरि पदाधिकारी र सचिवालय सदस्यहरुलाई जिम्मेवारी प्रदान गरेको छ । यसका साथै १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड बनाउने निर्णय भएको छ ।

बैठकले उक्त कमाण्डमा संगठनद्वारा तोकिएको केन्द्रिय सदस्यको नेतृत्वमा उक्त निर्वाचन क्षेत्र अन्तर्गत मतदान केन्द्र भएका सगठनका केन्द्रीय निकाय तथा केन्द्रीय विभागका सदस्यहरु र सम्पूर्ण मातहत कमिटी ९ प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटी, बडा कमिटी र टोल कमिटी० का पदाधिकारी तथा सदस्यहरु रहने निर्णय गरेको छ। बैठकले प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्ड अन्तर्गत ६७४३ वटै वडामा बडा कमाण्डर र १०९६७ वटै बुथमा बुध कमाण्डर तोकेको छ ।’
संघले सबै बुथहरुमा पनि त्यसको संरक्षण गर्नेगरी कमाण्डरहरु तोक्ने पनि जनाएको छ । –न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही...

ओली-लेखक पक्राउ : कांग्रेस मौन, एमाले सडकमा

ओली-लेखक पक्राउ : कांग्रेस मौन, एमाले सडकमा

काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलन दमन गरेको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री...

माइतीघरमा एमाले-प्रहरी प्रदर्शन नियन्त्रणबाहिर

माइतीघरमा एमाले-प्रहरी प्रदर्शन नियन्त्रणबाहिर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी कार्यकर्ता माइतीघर–नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले ओलीलाई...