अन्तर्राष्ट्रिय

इरानको अमेरिकालाई चेतावनीः सानो गल्तीले क्षेत्रीय युद्ध निम्त्याउँछ

इरानका शिर्षजनरलले अमेरिकाले गर्ने सानो गल्तीको प्रतिक्रियाले क्षेत्रीय युद्ध निम्त्याउने चेतावनी दिनुभएको छ । आधिकारिक समाचार एजेन्सी इरनाकाअनुसार इरानी सशस्त्र बलका चिफ अफ स्टाफ अब्दोलरहीम मुसावीले एक सैन्य इकाइको भ्रमणका क्रममा पश्चिम एशियामा भइरहेको अमेरिकी सैन्य तैनाथीको जवाफमा सो टिप्पणी गर्नुभएको हो ।

अमेरिकी नौसैनिक नाकाबन्दीको सम्भावनाबारे बोल्दै उनले इरानलाई नाकाबन्दी गर्न नसकिने बताउनु भयो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानवाहक युद्धपोत अब्राहम लिंकनको नेतृत्वमा विशाल सैन्य समूह इरानतर्फ बढिरहेको र तेहरानलाई सम्झौताका लागि समय घर्किदै गएको चेतावनी दिनुभएको थियो ।

इरानी सर्वोच्च नेता अली खामेनीले पनि अमेरिकाले युद्ध शुरु गरेमा त्यो क्षेत्रीय स्तरमा फैलिने बताउनुभएको छ । उहाँका वरिष्ठ सल्लाहकार अली शामखानीले जुनसुकै तहको अमेरिकी सैन्य कारबाहीलाई युद्धको घोषणा मानिने र त्यसको तत्काल तथा अभूतपूर्व जवाफ दिइने स्पष्ट पार्नुभयो ।

सम्बन्धित समाचार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...