अमेरिका र भारतबीच ऐतिहासिक व्यापार सम्झौताः ट्रम्पद्वारा भन्सार महशुल घटाउने घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गर्नुभएको छ । यस सम्झौताअनुसार संयुक्त राज्य अमेरिकाले भारतमाथि लगाउँदै आएको २५ प्रतिशतको तथाकथित ‘पारस्परिक भन्सार महशुल’ लाई घटाएर १८ प्रतिशतमा झार्ने भएको छ ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीसँगको मित्रता र सम्मानका कारण यो निर्णय लिएको बताउनुभएको छ । सम्झौताको बदलामा भारतले पनि अमेरिकाविरुद्धका भन्सार र गैर–भन्सार अवरोधहरूलाई शून्यमा पु¥याउने सहमति जनाएको छ । यसका साथै, प्रधानमन्त्री मोदीले ऊर्जा, प्रविधि, कृषि र कोइला लगायतका क्षेत्रमा ५०० अर्ब डलरभन्दा बढीका अमेरिकी उत्पादनहरू खरिद गर्ने बाई अमेरिकन नीतिप्रति प्रतिवद्धता जनाउनुभएको छ ।
ट्रम्पकाअनुसार भारतले रुसी तेल खरिद गर्न बन्द गर्ने र त्यसको सट्टा अमेरिका र सम्भावित रूपमा भेनेजुएलाबाट तेल खरिद गर्ने सहमति गरेको छ । यसअघि रुसी तेल खरिद गरेको भन्दै अमेरिकाले भारतमाथि अतिरिक्त २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो ।
ताजा अपडेट
-
१.
सरकारले प्रगतिशील सुधार हुनेगरी वनसम्बन्धी नियमावली संशोधन गरेको छः मन्त्री चौलागाईं
-
२.
बढ्यो काठमाडौँको तापक्रम
-
३.
सर्वोच्चले संसद पुनःस्थापनासम्बन्धि मुद्दाको फैसला नगरेकोमा काँग्रेस सांसद ढुंगानाको असन्तुष्टि
-
४.
पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’
-
५.
टी–२० विश्वकप भारत र श्रीलंकामा सुरु हुँदै
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
-
५.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
सम्बन्धित समाचार
सीमा सुरक्षामा खटिएका एसपीको हृदयघातबाट निधन
काठमाडौ। सशस्त्र प्रहरी बलका एसपी राजेश घिमिरेको हृदयघातबाट निधन भएको छ। शुक्रबार विराटनगरमा नेपाल–भारत सीमा सुरक्षा बैठकको चलिरहँदा हृदयघात...
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
काठमाडौँ। अहिले युवा पुस्ता सामाजिक सञ्जाल प्रयोगमा सक्रिय छन् । अझ निर्वाचनको पूर्वसन्ध्यामा अझै बढी सक्रिय भइरहेका छन् ।...
विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको...
झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल
भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा...




