अन्तर्राष्ट्रिय

अफगानिस्तानद्वारा सन् २०२६ को पहिलो पोलियो खोप अभियान शुरु

जनस्वास्थ्य मन्त्रालयले सोमवार दिएको जानकारीअनुसार अफगानिस्तानले ५ वर्षमुनिका ७३ लाखभन्दा बढी बालबालिकालाई पोलियो भाइरसबाट जोगाउने उद्देश्यका साथ सन् २०२६ को पहिलो पोलियो खोप अभियान शुरु गरेको छ ।

मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखिलका अनुसार सोमवारदेखि बिहीवारसम्म सञ्चालन हुने यस चार दिने अभियानमा देशका ३४ मध्ये १८ वटा प्रदेशका बालबालिकालाई पोलियो खोपको थोपा खुवाइने छ । एक सार्वजनिक विज्ञप्तिमार्फत अमरखिलले अभियानलाई सफल बनाउन आदिवासीका अगुवाहरू, धार्मिक विद्वानहरू र अभिभावकहरूलाई स्वास्थ्यकर्मीहरूसँग पूर्ण सहयोग गर्न आह्वान गरेका छन् ।

सन् २०२६ मा हालसम्म पोलियोको कुनै पनि घटना दर्ता भएको छैन । यद्यपि, द्वन्द्वपछिको यस राष्ट्रमा पक्षघात गराउने यस रोगलाई उन्मूलन गर्न सरकारले जारी राखेका प्रयासहरूका बाबजुद सन् २०२५ मा अफगानिस्तानमा कम्तीमा ९ वटा घटनाहरू पुष्टि भएका थिए ।

अफगानिस्तान र छिमेकी राष्ट्र पाकिस्तान विश्वका ती थोरै देशहरूमध्ये पर्दछन् जहाँ अझै पनि जंगली पोलियो भाइरसको संक्रमण पूर्ण रूपमा उन्मूलन हुन सकेको छैन ।

सम्बन्धित समाचार

ओमानमा अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, तनाव घटाउने प्रयास

ओमानमा अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, तनाव घटाउने प्रयास

काठमाडौं। आज (शुक्रबार) अमेरिका र इरानबिच ओमानमा आणविक वार्ता हुँदै छ। त्यसका लागि इरानका विदेशमन्त्री अब्बास अराघ्ची ओमान पुगिसकेको बीबीसीले जनाएको...

पुटिनको हतियार तैनाथीसम्बन्धी प्रस्ताव ट्रम्पद्वारा अस्वीकार

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक आणविक हतियार तैनाथीसम्बन्धी सीमा विस्तार गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको प्रस्ताव अस्वीकार...

अमेरिकासँगको तनावका बीच इरानद्वारा नयाँ भूमिगत मिसाइल बेस सार्वजनिक

अमेरिकासँगको तनावका बीच इरानद्वारा नयाँ भूमिगत मिसाइल बेस सार्वजनिक

इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स ९आईआरजीसी० ले बुधवार अमेरिकासँगको तनावपूर्ण सम्बन्धका बीच नयाँ भूमिगत मिसाइल बेसको अनावरण गरेको छ...

हमासद्वारा गाजामा सहायता प्रवेशमा प्रतिवन्ध लगाएको भन्दै इजरायलमाथि आरोप

हमासद्वारा गाजामा सहायता प्रवेशमा प्रतिवन्ध लगाएको भन्दै इजरायलमाथि आरोप

हमासले इजरायलले गाजा पट्टीमा मानवीय सहायता सामग्रीको प्रवेशमा निरन्तर प्रतिवन्ध लगाएको आरोप लगाएको छ । जसले गर्दा बिग्रँदो जाडोको...