Breaking News

ग्यास अभावले तनाव, मारमा उपभोक्ता

काठमाडौं उपत्यकामा पछिल्लो दुई सातादेखि खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव देखिएको छ । विशेष गरी नेपाल ग्यास ब्राण्डको अभावका कारण उपभोक्ताहरू मारमा परेका छन् । उपत्यकामा नेपाल ग्यासको बजार हिस्सा सबैभन्दा बढी रहेकोले यो अभावले धेरै परिवारको दैनिकी प्रभावित भएको छ ।

बजारमा विक्री केन्द्रहरूमा ग्यास नपाइएपछि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासको कार्यालयमै पुग्ने गरेका छन् । दैनिक सयौंको संख्यामा उपभोक्ता त्यहाँ लाइन लागेको देखिन्छ । कार्यालयबाट अहिले डिपोमा नयाँ ग्यास नआए पनि एक जनालाई एक सिलिण्डर उपलब्ध गराएर पठाइरहेको बताइएको छ । अभावको मुख्य कारण भारतबाट समयमै ग्यास ढुवानी नहुनु रहेको छ । ढुवानीकर्ता (ट्रक चालकहरू) सँगको केही असमझदारीका कारण धादिङ क्षेत्रमा ग्यास रोकिएको र सहमति भएपछि बजारमा आपूर्ति सहज हुने अपेक्षा गरिएको छ । जाडो मौसममा ग्यासको माग १०–२५ प्रतिशतसम्म बढ्ने गरेको छ । जसले समस्या थप जटिल बनेको छ ।

नेपाल आयल निगमले भने बजारमा ग्यासको कुनै अभाव नरहेको स्पष्ट पारेको छ । निगमकाअनुसार जाडोयामको माग धान्न पर्याप्त कोटा निर्धारण गरिएको छ । उपभोक्ताहरूले भने बजारमा वास्तविक अभाव महशुस गरिरहेका छन् । विक्रेताहरूले पनि ढुवानी र उपलब्धताका कारण समस्या रहेको बताएका छन् । निगमले अनावश्यक भण्डारण (होर्डिङ) नगर्न र हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

अबको केही दिनमा ढुवानी सहज भएपछि बजार सामान्य हुने अपेक्षा गरिएको छ । तर उपभोक्ताहरूले तत्काल राहत पाउन सकेका छैनन् ।

सम्बन्धित समाचार

ओली, लेखक र खापुङबाहेक को-को छन् जाँचबुझ आयोगबाट दोषी ठहर भएका ?

ओली, लेखक र खापुङबाहेक को-को छन् जाँचबुझ आयोगबाट दोषी ठहर भएका ?

काठमाडौँ। गत भदौ २३ र २४ गते क्षेत्रमा भएको जेनजी (नवयुवा) को आन्दोलनका क्रममा भएको क्षति र सुरक्षा कमजोरीबारे...

जेनजी विध्वंसमा सेनाको भूमिका सन्तोषजनक देखिएन : कार्की आयोग

जेनजी विध्वंसमा सेनाको भूमिका सन्तोषजनक देखिएन : कार्की आयोग

काठमाडौं । जेन्जी घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले भाद्र २३ र २४ गते राजधानीमा भएका हिंसात्मक घटना र...

रास्वपाले जेल नफोडेको रविको निष्कर्ष, भीडले ठेलेर बाहिर निस्केको दाबी

रास्वपाले जेल नफोडेको रविको निष्कर्ष, भीडले ठेलेर बाहिर निस्केको दाबी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाँचबुझ आयोगलाई भदौ २४ को घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी संलग्न नरहेको बताएको पाइएको...

राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू

राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...