Breaking News

डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी

काठमाडौँ। अध्ययनका लागि दक्षिण कोरिया जान चाहने नेपाली विद्यार्थीले सहज रुपमा कागजात प्रमाणीकरण (Document Verification)  र भिसा आवेदन  पाउँदा खुसी व्यक्त गरेका छन्।

पछिल्लो समय दक्षिण कोरियाली राजदूतावासले विद्यार्थीको कागजात प्रमाणिकरण र  भिसा आवेदन प्रक्रियालाई थप व्यवस्थित र सहज बनाएको छ। जसले गर्दा विद्यार्थीले सहजै आफ्नो कागजात प्रमाणिकरण गर्न पाएका छन् भने भिसा पनि सहज रूपमा दिन पाएका छन्।

के थियो पहिलेको समस्या?

यसअघि विद्यार्थीहरूले आफ्ना शैक्षिक कागजातहरू दूतावासबाट प्रमाणीकरण गराउन महिनौ  कुर्नुपर्ने अवस्था थियो। पहिले शैक्षिक कागजात प्रमाणीकरणका लागि दूतावासको अनलाइन वेबसाइटमा महिनौ कुर्नुपर्ने र सिमित कोटाका कारण ‘अपोइन्टमेन्ट’ पाउनै मुस्किल हुने अवस्था थियो। जसले गर्दा कतिपय विश्वविद्यालयको भर्ना अवधि (Intake) नै छुट्ने डर हुन्थ्यो।

त्यस्तैगरी सबै प्रक्रिया पुरा गर्दा पनि भिसाका लागि आवेदन दिन ‘अपोइन्टमेन्ट’ पाउन गाह्रो थियो। डिसेम्बर २०२५ बाट ललितपुरस्थित वान स्काई बिल्डिङमा कोरिया भिषा आवेदन केन्द्रको स्थापना भएपछि यो प्रक्रिया निकै सहज भएको छ।

विद्यार्थीलाई हुने फाइदा

डकुमेन्ट भेरिफिकेसन र भिसा आवेदन सहज भएपछि विशेष गरी मार्च र सेप्टेम्बर इन्टेकका लागि आवेदन दिने विद्यार्थीहरूलाई ठूलो राहत मिलेको छ। कन्सुलर प्रमाणीकरणका लागि लाग्ने समय बचत हुनुका साथै बिचौलियाहरूको अनावश्यक प्रभाव पनि कम भएको छ। त्यसैगरी भिसा आवेदन पनि सहज रुपमा दिन पाएका छन्।

विद्यार्थीको अनुभव

झापाकी संगीता ठाकुर बिजनेस विषयमा कोरिया अध्ययन गर्न जाने तयारीमा हुनुथ्यो । खबरसेवासँग कुराकानी गर्दै  उहाँले यो परिवर्तनबाट आफू उत्साहित भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘पहिलेको तुलनामा अहिले प्रक्रिया निकै सजिलो र कम समयमा काम हुँदा हामी खुसी छौं। कागजात प्रमाणीकरणका लागि महिनौ कुर्नुपर्ने डर अहिले छैन।’

त्यस्तै, सोसल वेलफेयर विषयमा उच्च शिक्षाका लागि कोरिया जाने तयारीमा रहेका अर्का एक विद्यार्थी विशाल तामाङले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, ‘पहिले भिसा डेट बुक गर्नका लागि मात्रै एजेन्ट वा बिचौलियालाई अतिरिक्त पैसा खुवाउनुपर्ने स्थिति थियो। अहिले सिधै भिसा सेन्टर (KVAC) मा गएर आवेदन दिन सकिने भएपछि बिचौलियाको भर पर्नु पर्दैन। यसले हाम्रो पैसा र तनाव दुवै बचाएको छ।’

कोरिया अध्ययन गर्न चाहने विद्यार्थीले अहिले सहज रुपमा कागजात प्रमाणिकरण गर्ने र भिसा आवेदन दिन पाउँदा धेरै राहत भएको कोरियन शैक्षिक परामर्श संघका संस्थापक अध्यक्ष गणेश शर्माले बताउनभयो। यसका लागि कोरियन सरकार र नेपालस्थित कोरियन दुतावासलाई धन्यवाद व्यक्त गर्नुभयो।

सम्बन्धित समाचार

सर्वोच्चको फैसला नआउन्जेल कांग्रेस महाधिवेशन हुँदैन : देउवा पक्ष

सर्वोच्चको फैसला नआउन्जेल कांग्रेस महाधिवेशन हुँदैन : देउवा पक्ष

काठमाडौँ। निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको...

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ ।...

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...