अर्थ

नबिल बैंकको डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर । नबिल बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा डिजीटल बंैकिङ तथा वित्तीय पहँुच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्द्धन युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता प्रवर्द्धनमा केन्द्रित रहेको थियो ।

बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरु, डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुविधाहरुको बारेमा विशेष प्रस्तुति दिएको थियो । ललितपुर महानगरपालिका वडा न। २१ खोकनाका वडा सदस्यहरू, स्थानीय गुठी, आमा समुह र सहकारीका प्रतिनिधिहरु, स्थानीय बुद्धिजिबी, किसान तथा उद्यमीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा नबिल बैंकको तर्फबाट नबिल बैंक बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ, फुलचोकी क्लस्टर प्रमुख अमित केसी, खोकना शाखा प्रबन्धक रोशन न्यौपानेको समेत उपस्थिति थियो ।

कार्यक्रममा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरि दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए । त्यस्तै ललितपुर महानगरपालिका वडा न। २१, खोकनाका वडा अध्यक्ष रविन्द्र महर्जनले कार्यक्रमका लागि धन्यवाद ज्ञापन गर्दै खोकना वरपर उद्यमशीलता विकास गर्न नबिल बैंकसंग हातेमालो गर्ने बताए ।

कार्यक्रमको समापन गर्दै नबिल बैंक प्रादेशिक प्रमुख रोशन कोइरालाले उद्यमशीलता विकास र वित्तीय पहुँच प्रवर्द्धनमा नबिल बैंक स्थानीय निकायसंग सहकार्य गर्न सधै तत्पर रहेको बताए ।

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरेको छ । दिगो बैंकिङ अन्र्तगत किसान कर्जा र उद्यमशील कर्जामार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

साथै नबिल बैंक र संयुक्त राष्ट्र पुँजी विकास कोष (UNCDF) को सहकार्यमा आधारित ‘क्यूआर कोड : महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजना अन्तर्गत बैंकले देशका विभिन्न ठाउँमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...