रियलमीले ‘सुपर डान्सर नेपाल’ को टाईटल स्पोन्सर गर्ने
काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले डान्सिङ रियालिटी शो ‘सुपर डान्सर नेपाल’को टाईटल स्पोन्सर गर्ने भएकोे छ । यो भारतको सबैभन्दा लोकप्रिय र ठूलो रियालिटी शो ‘इन्डियाज सुपर डान्सर’ मा आधारित फ्रेन्चाइज रियालिटी शो हो ।
हस्ताक्षर समारोहमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले प्रतिष्ठित ग्लोबल डान्स फ्रेन्चाइजको एक हिस्सा ‘सुपर डान्सर नेपाल’ सँग साझेदारी गर्न पाउदा उत्साहित भएको बताए । नेपालका प्रतिभाशाली बालबालिकाहरूका लागि यस्तो उत्कृष्ट प्लाटफर्मको हिस्सा बन्न पाउँदा धेरै खुशी लागेको उनले बताए ।
उनले भने, ‘प्रतिष्ठित ग्लोबल डान्स फ्रेन्चाइजको एक हिस्सा ‘सुपर डान्सर नेपाल’ सँग साझेदारी गर्न पाउदा हामी उत्साहित भएका छौँ । बालबालिका भविष्यका प्रतिनिधि हुन,’ उनले भने, ‘नेपालका प्रतिभाशाली बालबालिकाहरूका लागि यस्तो उत्कृष्ट प्लाटफर्मको हिस्सा बन्न पाउँदा धेरै खुशी लागेको छ । हामी सुपर डान्सर नेपालका सबै प्रतियोगीलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ ।’
त्यस्तै, सुपर डान्सर नेपालका निर्देशक भुषण दाहालले रियलमीसँग साझेदारी गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै युवा र बालबालिकाहरु केन्द्रित ब्राण्ड रियलमीसँगको साझेदारीले पक्कै पनि शोमा उत्साह र स्फूर्ति थपिएको बताए ।
‘आगामी दिनहरूमा पनि यो साझेदारी अझै मजबुत रहिरहने र नेपालको युवा तथा बालबालिकाको क्षेत्रमा सहकार्यका साथ काम गर्ने आशा राखेका छौं,’ निर्देशक दाहालले भने, ‘भारतमा लोकप्रियता पाएको यस शोले नेपाली दर्शकहरूबाट पनि उत्तिकै माया पाउने आशा राखेका छौं । देश तथा देश बाहिर रहेका महत्वाकांक्षी र प्रतिभाशाली नर्तकहरूलाई प्लाटफर्म प्रदान गर्न हामीले शारीरिक अडिसनमा मात्र सिमित नभई डिजिटल अडिसनबाट पनि सहभागीहरू लिइरहेका छौं ।’
देशव्यापी रुपमा चल्ने ‘सुपर डान्सर नेपाल’ कान्तिपुर टेलिभिजनबाट साउन २६ देखि हरेक बिहीबार र शुक्रबार राती ९ बजे प्रसारण भई रहेको छ । सुपर डान्सर नेपालका लागि सुपर जजको रुपमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रमलाई कविता नेपाली र विल्सन विक्रम राईले सञ्चालन गर्नेछन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
बालेनले ल्याउनुभयो शपथअघि नै गीत
https://youtu.be/Yse0H0mXEuQ?si=LaEi_s7185yTaFr- काठमाडौं। रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोलि प्रधानमन्त्रीका रुपमा सपथ लिँदैहुनुहुन्छ। आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले...
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...




