राजनीति

आसन्न निर्वाचनमा झापा ५ मा ओलीले नै जित्ने होः पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले झापा क्षेत्र नम्बर ५ मा पार्टीका अध्यक्ष केपी शर्मा ओली नै विजयी हुने दाबी गर्नुभएको छ । प्रेस चौतारी नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उपाध्यक्ष गुरुङले रास्वपाका उम्मेदवार बालेन्द्र साहले काठमाडौंको सुकुम्बासी बस्तीमा, गरिखाने सडकका जनतामाथि डोजर चलाएर बालेन्द्र साहले झापा ५ मा निर्वाचन जित्नै नसक्ने जिकिर गर्नुभयो ।

उहाँले बालेनले त्यहाँको सुकुम्वासीहरुलाई लालपूर्जा दिन्छ भन्ने भ्रममा नपर्न पनि झापा ५ का सुकुम्वासी नागरिकहरुलाई अपिल गर्नुभयो । बालेनको विगत, वर्तमान र भविष्य हेर्ने हो भने पनि उनले सुकुम्वासीलाई लालपूर्जा वितरण गर्दछन् भनेर विश्वास गर्न नसकिने उपाध्यक्ष गुरुङको भनाई थियो ।

उहाँले रास्वपाले विभिन्न झुटा प्रचार गरेर एमालेको निर्वाचन अभियानलाई कमजोर बनाउने नियतका साथ झापा ५ मा पार्टी अध्यक्ष ओलीसँग चुनावी प्रतिष्पर्धाका लागि बालेनलाई उम्मेदवार बनाएको समेत बताउनु भयो । उपाध्यक्ष गुरुङले आसन्न निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘काठमाडौंको सुकुम्वासी बस्तीमा डोजर चलाउने बालेनजी होइन रु काठमाडौंको गरीखाने सडकका मान्छेलाई डोजरले हटाउने बालेनजी होइन रु अनि त्यही व्यक्तिले झापामा गएर सुकुम्बासीलाई लाजपूर्जा दिन्छु भन्ने कुराको विश्वास गर्ने हो भने जनताले धोका पायो । म सबै जनतालाई अनुरोध गर्न चाहन्छु–धोकामा नपर्नुस । विगत हेर्नुस् । हिजोका कुरा हुेर्नस्, अस्तीका कुरा हेर्नुस् । र आज के हुँदैछ, भोली के कुरा भन्दैछ रु यस्ता कुरामा विश्वास नगर्नुस् भन्न चाहन्छु पहिलो कुरा । दोस्रो कुरा निकै ठूलो डिजाईनका साथ बालेनलाई त्यहाँ पठाइयो । त्योभित्र एउटा एमाले भित्र टेन्सन सृजना गर्ने भन्ने छ । हाम्रो अध्यक्ष जो, १६५ वटै निर्वाचन क्षेत्रमा जानुपर्ने व्यक्ति हो नि उहाँ चुनावको लागि । त्यसकारण एमालेको चुनावी अभियानमा पनि कमजोर होस भन्ने मनसायका साथ यो काम गरिएको छ । तेस्रो भनेको हल्ला नै हल्लाको देश हो नि यो । झुट, फरेव साराका सारा लगाएर त्यहाँका जनतालाई झुक्याउन सकिन्छ कि रु भन्ने प्रयत्न गर्न खोजिएको हो । शुरुका दिनमा त जित्यो बालेनले भनिएको हो । २१ गते पुगोस् न । जित्ने त केपी ओलीले नै हो । अहिलेसम्मको अनुभवमा हाम्रो अभियान पहिलो पार्टी बनाउने हो, हुन्छौँ ।’

उपाध्यक्ष गुरुङले आसन्न निर्वाचनमा जनताले नयाँ अनुहार नभई सुधारसहितको पुरानै राजनीतिक दलहरुलाई चाहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही...

ओली-लेखक पक्राउ : कांग्रेस मौन, एमाले सडकमा

ओली-लेखक पक्राउ : कांग्रेस मौन, एमाले सडकमा

काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलन दमन गरेको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री...

माइतीघरमा एमाले-प्रहरी प्रदर्शन नियन्त्रणबाहिर

माइतीघरमा एमाले-प्रहरी प्रदर्शन नियन्त्रणबाहिर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी कार्यकर्ता माइतीघर–नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले ओलीलाई...