राजनीति

निर्वाचनको लागि पुराना दलमै बढी उत्साह, नयाँ दल निराश देखिएः खिमलाल देवकोटा

काठमाडौँ। वरिष्ठ अधिवक्ता तथा पूर्व सांसद डा. खिमलाल देवकोटाले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि नयाँ भन्दा पुराना राजनीतिक दलहरूमा बढी उत्साह देखिएको बताउनुभएको छ ।
नेपाल कानून समाजले मंगलवार विज्ञहरुसँग प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा आयोजना गरेको छलफलमा उहाँले पुराना दलहरुमा नै उत्साहित देखिएको बताउनुभएको हो ।

उहाँले नयाँ राजनीतिक दलहरू भने विभाजित र निराश अवस्थामा देखिएको टिप्पणी गर्नुभयो । डा। देवकोटाकाअनुसार पुराना दलहरू सबै क्षेत्रमा संगठित रूपमा उपस्थित छन् । उनीहरूको उत्साह नयाँ दलहरूको तुलनामा कम देखिँदैन । जेन–जी आन्दोलनबाट नयाँ राजनीतिक शक्तिले ठूलो तागत प्राप्त गर्ने अपेक्षा गरिएको भएपनि व्यवहारमा त्यसको प्रभाव कमजोर देखिएको उहाँको दाबी छ । डा। देवकोटाले पुराना दलहरूसँग बलियो संगठन र सुनिश्चित मतदाता आधार रहेको उल्लेख गर्दै नयाँ दलहरूको संरचनामाथि प्रश्न उठाउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुराना दलहरु सबै फिल्डमा छन् । उनीहरुको उत्साह मैले नयाँ दलहरुको भन्दा कम देखेको छैन । बरु नयाँ दलहरु चाँही विभाजित जस्तो, कोही विरामीजस्तो । कतै चाहीँ कोलिसन गरौँ गरौँ भनेर प्रयत्न गरेजस्तो देखिन्छ । जे ढंगले जेन–जी मुभमेन्ट भएको थियो, त्यो ढंगले तागत प्राप्त भयो भन्ने थियो । तर नयाँ दलमा चाँही असाध्यै बढी निराशा बरु देखिरहेको छ । पुराना दलहरुको बरु ८र१० लाख कमिटिहरु छन्, ज्ञारेन्टेड मतदाताहरु छन् । तर नयाँ दलहरुको लागी तिनको आधार केहो रु संगठन के हो रु सदस्यको आधार के हो रु भन्नेमा चाँही आंशका छ ।’

उहाँले सबै राजनितिक दलहरु चुनावी मैदानमा होमिईसकेकोले निर्वाचन हुनेका भने कुनै आंशका गर्नुपर्ने स्थिति नरहेको बताउनु भयो । निर्वाचनपछि चुनावमा अपेक्षित मत प्राप्त गर्न नसकेको दलले निर्वाचनमा धाँदली भएको भन्ने आरोप लगाउने चलन पनि पुरानै रहेको बताउनु भयो । – न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही...

ओली-लेखक पक्राउ : कांग्रेस मौन, एमाले सडकमा

ओली-लेखक पक्राउ : कांग्रेस मौन, एमाले सडकमा

काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलन दमन गरेको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री...

माइतीघरमा एमाले-प्रहरी प्रदर्शन नियन्त्रणबाहिर

माइतीघरमा एमाले-प्रहरी प्रदर्शन नियन्त्रणबाहिर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी कार्यकर्ता माइतीघर–नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले ओलीलाई...