आसन्न निर्वाचनमा करिब ३२ अर्ब खर्च हुने सरकारको अनुमान
काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । सरकार जसरी पनि निर्वाचन गराउन लागि परेको बताउनुभएको हो । उहाँले कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भएपनि निर्वाचन सम्पन्न गराउने बताउनुभयो।
उहाँले हिमाली जिल्लाहरुमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरु ओसारेर भएपनि निर्वाचन गराउने बताउनुभयो। उहाँले निर्वाचन जसरी पनि हुने र नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताउनुभयो। यस पटकको निर्वाचनमा करिव ३२ अर्ब खर्च हुने अनुमान रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘सरकारले जसरी पनि निर्वाचन गराउँछ। कहीँ रोकियो भने दोस्रो चरणमा गराउँछ। थोरै ठाउँ भएकोमा त साधनको प्रयोग पनि हुनसक्छ। साधनको प्रयाग गरेर पनि मान्छेलाई ओसारेर पनि गरौँला। त्यहाँ हुनै नसक्ने अवस्था हो भने त्यही रुपबाट विचार गर्नुपर्छ। तर निर्वाचन जसरी पनि हुन्छ। यो इमरजेन्सी जस्तो हो। जसरी पनि निर्वाचन गराउनुपर्छ। निर्वाचन गराउँदा जनताले मत दिने हो नयाँ प्रतिनिधि आउने हो। उनीहरुले देश चलाउने हो। चुनाव सर्दैन, किन सार्नु र? ३१, ३२ अर्ब खर्च हुन्छ, यो बेलामा। सबै निर्वाचनमा त होइन। कसलाई केके अभाव छ, त्यो पूरा गर्दा । भौतिक साधनहरुको अभावहरु पूरा गर्दागर्दै निर्वाचनको खर्च। म त त्यो त्यत्रो खर्च अहिले भइरहेको छ, विभिन्न देशबाट सहयोग भइरहेको छ। त्यो सहयोग यो स्थिति नआएको भए अर्कोतिर हुन्थ्यो नि।’
प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र शतर्क रहेको बताउनुभयो। –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
ओली-लेखक पक्राउ : कांग्रेस मौन, एमाले सडकमा
काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलन दमन गरेको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री...
माइतीघरमा एमाले-प्रहरी प्रदर्शन नियन्त्रणबाहिर
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी कार्यकर्ता माइतीघर–नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले ओलीलाई...
ओली टिचिङ अस्पतालमा भर्ना
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ। उहाँलाई त्रिवि शिक्षण अस्पतालको...
औपचारिकरूपमै सडक संघर्षमा एमाले
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार...




