देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ : ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा उम्मेदवार ईश्वर पोखरेलले यस पटकको निर्वाचन सामान्य चुनाव मात्र नभई देशको भविष्य तय गर्ने ‘ठूलो जनमतसंग्रह’ भएको धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले देश बनाउने शक्तिहरू र देशलाई अस्थिरता तथा विघटनतर्फ लैजान खोज्ने शक्तिहरूबीच निर्णायक लडाइँ भइरहेको उल्लेख गर्दै यो निर्वाचनमा देश बनाउने पक्षले जित्नै पर्ने र देश जलाउने पक्षले हार्नै पर्ने बताउनुभयो । “यो सवाल नेकपा एमाले वा ईश्वर पोखरेलको मात्र होइन, सवाल देशको हो,” उहाँले भन्नुभयो, “देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ ।”
नेता पोखरेलले आफू सधैँ राष्ट्रिय हित, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जनतालाई बचन दिँदै देशको अहित हुने कुनै पनि कार्य आफूबाट नहुने स्पष्ट पार्नुभयो । उहाँले जातीय तथा सामाजिक सद्भाव नेपालको आधार भएको उल्लेख गर्दै जातीय सद्भाव खलबलिन नदिनुपर्नेमा जोड दिनुभयो । “यदि जातीय सद्भाव बिग्रियो भने देश रहँदैन, देश रहेन भने हामी पनि रहँदैनौँ,” उहाँले भन्नुभयो ।
जातीय सद्भाव नेकपा एमालेले उठाएको झण्डा भएको बताउँदै उहाँले त्यो झण्डा कहिल्यै झुक्न नदिने प्रतिवद्धता जनाउनुभयो ।
नेता पोखरेलले एमालेले सुरु गरेको विकास अभियानलाई कमजोर पार्ने षड्यन्त्र भएको आरोप लगाउँदै पार्टीले विकासको अभियान पुनः मजबुत रूपमा अघि बढाउने बताउनुभयो ।
उहाँले मुलुकको समृद्धि, स्थायित्व र राष्ट्रिय एकताको पक्षमा जनताको समर्थन आवश्यक रहेको उल्लेख गर्दै निर्वाचनमा एमालेको विजय देश निर्माणको आधार हुने दाबी गर्नुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
ओली-लेखक पक्राउ : कांग्रेस मौन, एमाले सडकमा
काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलन दमन गरेको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री...
माइतीघरमा एमाले-प्रहरी प्रदर्शन नियन्त्रणबाहिर
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी कार्यकर्ता माइतीघर–नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले ओलीलाई...
ओली टिचिङ अस्पतालमा भर्ना
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ। उहाँलाई त्रिवि शिक्षण अस्पतालको...
औपचारिकरूपमै सडक संघर्षमा एमाले
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार...




