Breaking News

निर्वाचन शान्ति–सुरक्षा र आचारसंहिता उल्लङ्घनप्रति एमालेको गम्भीर ध्यानाकर्षण

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न निर्वाचनको सन्दर्भमा देशभर शान्ति–सुरक्षा कमजोर बन्दै गएको, आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको तथा सामाजिक सञ्जालको दुरुपयोग तीव्र हुँदै गएकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

पार्टी केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक निर्वाचनको आधारभूत शर्त सुरक्षित, स्वतन्त्र र निष्पक्ष मतदानको वातावरण अझै सुनिश्चित हुन नसकेको उल्लेख गरिएको छ। सरकारको प्राथमिक दायित्व नागरिकलाई भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नु भए पनि हालसम्म त्यसतर्फ प्रभावकारी पहल हुन नसकेको एमालेको ठहर छ।

विज्ञप्तिमा विभिन्न स्थानमा जेल तथा सुधारगृहबाट फरार कैदीबन्दी अझै पक्राउ नपरेको, हातहतियार तथा गोलीगठ्ठा बाहिरिएको, संगठित लुटपाट, चोरी तथा आक्रमणका घटनामा वृद्धि भएको उल्लेख गर्दै यसले शान्ति–सुरक्षामाथि गम्भीर प्रश्न उठाएको बताइएको छ। यस्ता घटनाको शीघ्र छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन कडा सुरक्षा व्यवस्था गर्न पार्टीले सरकारसँग जोडदार माग गरेको छ।

एमालेले राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता र शान्ति–सुरक्षामा खलल पुर्‍याउने अवाञ्छित गतिविधि, भड्काउ व्यवहार र प्रचारप्रसारप्रति निगरानी बढाउन तथा कानुनी कारबाही गर्न पनि आग्रह गरेको छ। अन्यथा यस्ता गतिविधिबाट समाजमा अराजकता, हिंसा र कानुन उल्लङ्घन बढ्न सक्ने चेतावनी दिइएको छ।

यसैबीच, पार्टीले २०७९ फागुन २७ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ६३ क्षेत्रमा उम्मेदवारी कायम राखेको स्पष्ट पारेको छ। कर्णाली प्रदेशको रुकुम–पश्चिम निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार जनार्दन शर्मालाई समर्थन गर्ने सहमति भए पनि प्राविधिक कारणले मनोनयन कायम हुन नसकेको जानकारी विज्ञप्तिमार्फत दिइएको छ।

मालेले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकोप्रति पनि आपत्ति जनाएको छ। निर्वाचन प्रक्रियामा गलत सूचना, भ्रम सिर्जना गर्ने सामग्री, भ्रामक प्रचार तथा आचारसंहिता विपरीतका गतिविधि नियन्त्रण गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। पार्टी नेतृत्व र नीति विरुद्ध गालीगलौज, अपमानजनक तथा आधारहीन सामग्री उत्पादन र प्रसारण गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउन एमालेले माग गरेको छ।

प्रेस संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक मूल्य–मान्यता, मर्यादा र निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ।

सम्बन्धित समाचार

ओली-लेखक पक्राउ : कांग्रेस मौन, एमाले सडकमा

ओली-लेखक पक्राउ : कांग्रेस मौन, एमाले सडकमा

काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलन दमन गरेको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री...

माइतीघरमा एमाले-प्रहरी प्रदर्शन नियन्त्रणबाहिर

माइतीघरमा एमाले-प्रहरी प्रदर्शन नियन्त्रणबाहिर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी कार्यकर्ता माइतीघर–नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले ओलीलाई...

ओली टिचिङ अस्पतालमा भर्ना

ओली टिचिङ अस्पतालमा भर्ना

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ। उहाँलाई त्रिवि शिक्षण अस्पतालको...

औपचारिकरूपमै सडक संघर्षमा एमाले

औपचारिकरूपमै सडक संघर्षमा एमाले

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार...