नेपालका परम्परागत तथा मौलिक सम्पदाको संरक्षण गर्न आवश्यकः पर्यटनमन्त्री सिन्हा
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अनिलकुमार सिन्हाले नेपालका परम्परागत तथा मौलिक सम्पदाको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधवार विधायन व्यवस्थापन समितिको बैठकमा भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण)सम्बन्धी विधेयकको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री सिन्हाले नेपालमा चलिआएका साँस्कृतिक सम्पदा, कला, संस्कृति लगायतको संरक्षण र अघिल्लो पुस्तालाई हस्तान्तरण गर्नको लागि यो विधेयक ल्याइएको जानकारी दिनुभयो ।
विधेयकले नेपालमा बसोवास गर्ने नेपाली समुदायले आफ्नो सांस्कृतिक सम्पदाको अभिन्न अङ्गका रूपमा स्वीकार गरी परम्परागत रूपमा अभ्यास र पुस्तान्तरण गर्दै आएका अभ्यासहरूलाई समेट्ने बताउनु भयो ।
उहाँकाअनुसार विधेयकले पुस्तौंदेखि बोलिँदै र सुनिँदै आएका परम्परागत ज्ञान, अभिनय तथा मञ्चन कला, सामाजिक अभ्यास, प्राकृतिक स्रोतको उपयोगमार्फत गरिने उपचार पद्धति, ज्योतिष तथा खगोल विज्ञान, पर्यावरणीय ज्ञानलगायत विविध प्रकारका परम्परागत ज्ञान र सीपलाई समावेश गर्ने लक्ष्य राखेको छ । साथै, कलात्मक सामग्रीहरूको उत्पादन र प्रयोगसमेत यस विधेयकको दायराभित्र राखिएको उहाँले जानकारी दिनुभयो ।
सम्पदाको निर्वाध अभ्यास र अभिव्यक्ति गर्ने अधिकार, सांस्कृतिक अभ्यासका लागि प्रयोग हुने स्थान, वस्तु र संरचनाको संरक्षण, सम्पदाको गोपनीयता कायम गर्ने व्यवस्था, अभिलेखीकरण, व्यवसायिक उपयोगको स्वतन्त्रता तथा अध्ययन, अनुसन्धान, अनुवाद, सम्पादन र पुस्तान्तरण गर्ने अधिकार विधेयकमा समावेश गरिएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नाम हेर्दाखेरी अलिकति अभौतिक सांस्कृतिक सम्पदा भनेका छौँ । यसलाई अर्मुत भन्ने वा अभौतिक भन्ने छलफलको विषय हुनसक्छन् । यसमा नेपालमा बसोवास गर्ने नेपाली समुदायले आफ्नो साँस्कृतिक सम्पदाको अभिन्न अंगको रुपमा स्वीकार गरि प्रचलित कानूनको विपरित नहुनेगरी परम्परागत रुपमा अभ्यास र पुस्तान्तरण गर्दै आएको कुरा यसमा समावेश गरिएको छ । पुस्तौदेखी बोल्दै, सुन्दै आएको कुरालाई पनि लिईएको छ । अभिनय या मञ्चन कलालाई पनि समेट्न खोजिएको छ । सामाजिक अभ्यास, प्राकृतिक स्रोतको उपयोग गरी उपचार पद्धति, ज्योतिश विज्ञान, खगोल विज्ञान, पर्यावरणीय ज्ञान र यस्तै प्रकृतिका ज्ञानलाई पनि यसले समावेश गर्न खोजेको छ । कलात्मक सामाग्रीहरुको उत्पादन र प्रयोगलाई पनि समावेश गरिएको छ ।’
उहाँले अन्तर्राष्ट्रिय प्रतिवद्धताका कारण पनि विधेयक आवश्यक भएको उल्लेख गर्नुभयो । नेपालले सन् १९७६ मा सांस्कृतिक सम्पदाको अवैध आयात–निर्यात तथा स्वामित्व हस्तान्तरणसम्बन्धी महासन्धी १९७० लाई अनुमोदन गरेको र सन् २०१० मा अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धी २००३ लाई अनुमोदन गरेको जानकारी दिनुभयो । – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
रास्वपाले जेल नफोडेको रविको निष्कर्ष, भीडले ठेलेर बाहिर निस्केको दाबी
-
२.
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
-
३.
असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री
-
४.
निर्वाचनमा असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्छ : अर्जुननरसिंह केसी
-
५.
बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै, विशेष धार्मिक समारोहको तयारी
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...
रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...
आयात बढ्दा पनि ग्यास अभाव कायमै
काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...




