अमेरिकासँगको तनावका बीच इरानद्वारा नयाँ भूमिगत मिसाइल बेस सार्वजनिक
इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स ९आईआरजीसी० ले बुधवार अमेरिकासँगको तनावपूर्ण सम्बन्धका बीच नयाँ भूमिगत मिसाइल बेसको अनावरण गरेको छ ।
अर्ध–सरकारी फार्स समाचार एजेन्सीका अनुसार इरानी सशस्त्र बलका चिफ अफ स्टाफ अब्दुलराहिम मौसवी र आईआरजीसीको एरोस्पेस डिभिजनका कमाण्डर सैयद माजिद मौसवीको भ्रमणका क्रममा यो बेस सार्वजनिक गरिएको हो । भ्रमणका क्रममा मिसाइल एकाइहरूको परिचालन तयारीको मूल्याङ्कन गरिएको र वरिष्ठ कमाण्डरहरूलाई रणनीतिक प्रगतिको बारेमा जानकारी गराइएको रिपोर्टमा उल्लेख छ ।
मौसवीले इरानले आफ्ना ब्यालिस्टिक मिसाइलहरूलाई प्राविधिक रूपमा स्तरोन्नति गर्दै प्रतिरोध क्षमता बलियो बनाएको दाबी गर्नुभयो । उहाँले इरानले आफ्नो सैन्य सिद्धान्तलाई रक्षात्मकबाट आक्रामकमा बदलेको बताउँदै शत्रुको कुनै पनि कारबाहीको कडा जवाफ दिन तयार रहेको उल्लेख गर्नुभ्यो । अमेरिकाले इरान नजिकै सैन्य उपस्थिति बढाउँदै तेहरानलाई सम्झौताका लागि दबाब दिइरहेका बेला यो विकासक्रम सार्वजनिक भएको हो । मौसवीले चेतावनी दिँदै भने कि अमेरिकाको सानो गल्तीले पनि क्षेत्रीय युद्ध निम्त्याउन सक्छ, जसबाट कुनै पनि अमेरिकी सुरक्षित रहने छैनन् ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह
काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।...
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...




