Breaking News

सम्भवतः निर्वाचन फागुन २१ मै चुनाव हुन्छ, पहिलो शक्ति एमाले बन्छ : ओली

काठमाडौँ। नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताउनुभएको छ । झापावासीहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सम्भवतः निर्वाचन फागुन २१ मै हुने बताउनुभयो।

यसअघिसम्म निर्वाचन हुने वातावरण बन्न नसकेको धारणा राख्दै आउनुभएका अध्यक्ष ओलीले निर्वाचन फागुन २१ मै हुनसक्ने र फागुन २१ मा हुन नसके वा केही समय पछि भएपनि जित्नुपर्ने पार्टी नेकपा एमाले नै रहेको बताउनु भयो । देशभक्तिको प्रतिनिधित्व गर्ने, देशभक्तिपूर्ण राष्ट्रवादी, देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी नेकपा एमाले भएको बताउनु भयो । वैचारिक, व्यवहारिक, संघर्ष, अडान, दृष्टिकोणका हिसावले एमाले नै राष्ट्रिय हितहरुको रक्षा र संवद्र्धनको नेतृत्व गर्ने पार्टी भएको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘चुनाव आउँदैछ । सम्भवतः चुनाव हुन्छ । सम्भवतः फागुन २१ मै पनि चुनाव हुनसक्छ। यो सम्भवतः नै हो। यदी फागुन २१ मा भयो भने वा अलि पछि भयो भने वा जहिले हुन्छ । चुनावमा जित्नुपर्नै पार्टी नेकपा एमाले हो । एमाले नै जित्नुपर्ने पार्टी हो । देशभक्तिको प्रतिनिधित्व गर्ने, देशभक्तिपूर्ण राष्ट्रवादी, देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी नेकपा एमाले हो । वैचारिक, व्यवहारिक, संघर्ष, अडान, दृष्टिकोणका हिसावले कुन हिसावले भन्नुहुन्छ, राष्ट्रको जायज राष्ट्रिय हितहरुको रक्षा र संवद्र्धनको नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो । यसकारण यस पार्टीले नै जित्नुपर्छ ।’
अध्यक्ष ओलीले नेकपा एमाले सरकारमा गएका बेला देशमा विकासका कामहरुले गति लिएको बताउनुभयो। –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

ओली टिचिङ अस्पतालमा भर्ना

ओली टिचिङ अस्पतालमा भर्ना

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ। उहाँलाई त्रिवि शिक्षण अस्पतालको...

औपचारिकरूपमै सडक संघर्षमा एमाले

औपचारिकरूपमै सडक संघर्षमा एमाले

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार...

ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो

ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको...

ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक

ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ। पूर्वप्रधानमन्त्री आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आजका लागि सचिवालय बैठक बोलाएको छ। एमालेका सचिव...