Breaking News

टेलिकमको वार्षिकोत्सवमा कर्मचारीको मौन विरोध

काठमाडौँ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सव मनाइरहँदा कर्मचारीहरुले मौन विरोध प्रदर्शन गरेका छन् । बिहीवार टेलिकममा आबद्ध तीनवटा कर्मचारी सङ्गठनहरूले विरोध प्रदर्शन गरेका हुन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वर्कर्स युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठन–नेपाल टेलिकमले संयुक्त रुपमा ‘हामी अन्यायमा छौँ, न्यायका लागि हाम्रो आवाज’ लेखिएको व्यानरसहित विरोध जनाएका हुन् ।

उनीहरुले आवधिक बढुवा गरियोस्, कर्मचारी विनियमावलीको संसोधन गरियोस्, सेवा सुविधा हाम्रो अधिकार हो लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए । विनियमावली संशोधन नभएका कारण कर्मचारीहरू १३–१४ वर्षदेखि एउटै पदमा बसिरहनुपरेको कर्मचारीहरूको गुनासो छ ।

कर्मचारी विनियमावली २००८ पछि वृत्तिविकास अवरुद्ध भएको भन्दै अधिकृत तहमा बढुवा रोकिँदा संरचनागत असन्तुलन सिर्जना भएको युनियनहरूको दाबी छ । साधारणसभाबाट स्वीकृत बोनस तथा नेपाल सरकारको निर्णयअनुसारको महँगी भत्ता वितरण रोकिएकोप्रति पनि युनियनहरूले आपत्ति जनाएका छन् । सुविधाको अवरोधले कर्मचारी मनोबल घटेको र उत्पादनशीलता प्रभावित भएको उनीहरूको भनाइ छ ।

उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी संस्थाको बिलिङ प्रणाली, परियोजना ढिलाइ, कर्मचारी वृत्तिविकास र सेवाग्राही अधिकारलगायत विषय तत्काल सुधार गर्न माग गरेका छन् । हाल प्रयोगमा रहेको बिलिङ प्रणाली पुरानो भएको, नयाँ बिलिङ प्रणाली कार्यान्वयन पटक–पटक ढिलाइ हुँदा आर्थिक कारोबार तथा सेवाग्राहीका संवेदनशील विवरण जोखिममा परेको र केही इन्टरनेट सेवा प्रदायकले आवश्यक अनुमति बिना सेवा विस्तार गरिरहेकोले यसमा कडा नियमन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । सेवाग्राहीले सहज, सस्तो र गुणस्तरीय सेवा पाउने अधिकार सुनिश्चित गर्न २४ घण्टा सेवा सुधारमा जोड दिनुपर्ने माग पनि गरिएको छ । – न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

रास्वपाले जेल नफोडेको रविको निष्कर्ष, भीडले ठेलेर बाहिर निस्केको दाबी

रास्वपाले जेल नफोडेको रविको निष्कर्ष, भीडले ठेलेर बाहिर निस्केको दाबी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाँचबुझ आयोगलाई भदौ २४ को घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी संलग्न नरहेको बताएको पाइएको...

राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू

राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...

निर्वाचनमा असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्छ : अर्जुननरसिंह केसी

निर्वाचनमा असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्छ : अर्जुननरसिंह केसी

काठमाडौँ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्ने...

बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै, विशेष धार्मिक समारोहको तयारी

बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै, विशेष धार्मिक समारोहको तयारी

काठमाडौँ। रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्रीका रूपमा शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रिय स्वतन्त्र...