अर्थ

अर्थमन्त्री खनालद्वारा चार जिल्लाको निर्वाचन तयारी अनुगमन, स्वच्छ तवरले निर्वाचन गर्न निर्देशन

काठमाडौँ। आगामी फागुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्था बुझ्न अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो दुई दिनमा तनहुँ, कास्की, पर्वत र म्याग्दी जिल्लाको स्थलगत अनुगमन भ्रमण गर्नुभएको छ।

अर्थमन्त्रीले तीन जिल्लाको एकैदिन स्थलगत अनुगमन गर्नुभएको छ । उहाँ बुधवार कास्की, पर्वत र म्याग्दी जिल्लामा पुगेर प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था र आचारसंहिता पालनाको अवस्थाबारे छलफल गर्नुभयो । साथै जिल्ला निर्वाचन कार्यालयहरूको पनि अवलोकन गर्नुभयो।

अर्थमन्त्री खनाललाई कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले आचारसंहिता पालनाको स्तर सन्तोषजनक रहेको र ५६ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी दिनुभयो।

मुख्य निर्वाचन अधिकृत हिमलाल वेल्वासे, क्षेत्रीय निर्वाचन अधिकृत निर्मला खड्का र सीता रेग्मी तथा प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले तयारीबारे ब्रिफिङ गर्नुभयो। त्यस्तै सोही दिन पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको र ३५ वटा मतदान केन्द्र अति संवेदनशील रहेको बताउनुभयो। मुख्य निर्वाचन अधिकृत बासुदेव पौडेल र जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले जानकारी गराउनुभयो।

म्याग्दी जिल्लामा अनुगमनमा पुगेका खनाललाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले आचारसंहिता पालनाको स्तर सन्तोषजनक रहेको र १५ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी दिनुभयो। मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा र जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले तयारीको अवस्थाबारे ब्रिफिङ गर्नुभयो।

अनुगमनपछि अर्थमन्त्री खनालले चारवटै जिल्लामा निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको बताउनुभयो। उहाँले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जोड दिँदै सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभयो।

यसअघी मंगलबार अर्थमन्त्री खनालले तनहुँ जिल्लाको अनुगमन गर्नुभएको थियो। जसमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले तनहुँमा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी कुनै पनि उजुरी नपरेको र जिल्लाका ८ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको जानकारी दिनुभयो।

अर्थमन्त्रीले जिल्ला निर्वाचन कार्यालयको अवलोकन गर्नुभयो । मुख्य निर्वाचन अधिकृत विष्णु उपाध्याय, निर्वाचन क्षेत्र नं। २ का निर्वाचन अधिकृत भेषराज पौडेल तथा जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख विकास लम्सालले हालसम्मको तयारीबारे विस्तृत ब्रिफिङ गर्नुभयो।

सम्बन्धित समाचार

आज पनि घट्यो सुन

आज पनि घट्यो सुन

काठमाडौं। बिहीबार तोलामा नौहजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ। सुनको मूल्य आज तोलामा चार हजार...

कति छ मुद्राको मूल्य?

कति छ मुद्राको मूल्य?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी...

नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड होः गृहमन्त्री अर्याल

नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड होः गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताउनुभएको छ । बिहीवार...

टेलिकमको वार्षिकोत्सवमा कर्मचारीको मौन विरोध

टेलिकमको वार्षिकोत्सवमा कर्मचारीको मौन विरोध

काठमाडौँ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सव मनाइरहँदा कर्मचारीहरुले मौन विरोध प्रदर्शन गरेका छन् । बिहीवार...