हामी कसैसँग गठबन्धन गर्दैनौँ : कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आफ्नो पार्टीले कसैसँग चुनावी गठबन्धन नगर्ने बताउनुभएको छ।
बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेकाले चुनावपूर्व कसैसँग गठबन्धन नहुने बताउनुभएको हो।
उहाँले भन्नुभयो, ‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो। कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन । चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ । हामी दृढतापूर्वक प्रचारमा लागेका छौं । सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ । त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु ।’
उहाँले अधिनायकवादीहरू मीठो र चिप्लो कुरा गरेरै आउने भन्दै नयाँ भन्नेहरूको भ्रममा नपर्न समेत आग्रह गर्नुभयो। उहाँले अन्य दलले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरिरहेको भन्दै यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराउनुभयो ।
विपक्षी पार्टी र नेताहरूप्रति सामाजिक सञ्जाल तथा अन्य ठाउँमा घृणास्पद अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने कुराले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिथोलिँदै गएको बताउँदै कांग्रेस त्यसप्रति सचेत रहेको उहाँले बताउनुभयो।
यस्तै अर्को फरक प्रसङ्गमा उहाँले चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर जानु नौतिकताको विषय नभएको बताए । उनीहरूले राजीनामा दिएर जानु मानव अधिकारको विषय बने पनि नौतिकताको विषय चाहिँ नभएको बताए ।
उहाँले भन्नुभयो,‘चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर जानु मानव अधिकारको विषय त बन्ला र नैतिकताको विषय चाहिँ होइन । त्यो नुहुनुपर्ने थियो भयो तर,स्वतन्त्र,निर्भय र सुरक्षित वातावरणमा मतदान गर्न पाउने नागरिक र पार्टीको हक त्यो कर्तव्य सरकारको हो । सरकार त्यसमा लाग्नुपर्छ ।’
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
ओली टिचिङ अस्पतालमा भर्ना
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ। उहाँलाई त्रिवि शिक्षण अस्पतालको...
औपचारिकरूपमै सडक संघर्षमा एमाले
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार...
ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको...
ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक
काठमाडौँ। पूर्वप्रधानमन्त्री आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आजका लागि सचिवालय बैठक बोलाएको छ। एमालेका सचिव...




