मुक्तिनाथमा ‘स्की’ प्रशिक्षण शुरु
मुस्ताङ। वारागुङ मुक्तिक्षेत्रको सेताम्मे हिउँले ढाकिएको मुक्तिनाथ क्षेत्रमा हिउँमा खेलिने स्की प्रतियोगिताको रौनक शुरु भएको छ ।
नेपाल स्की सङ्घको आयोजनामा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सञ्चालन हुने भएको हो । स्की खेलको विकास, प्रवद्र्धन तथा हिमाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल स्की सङ्घले सन् २०१६ देखि राष्ट्रिय स्तरको स्की प्रतियोगिता आयोजना गर्दै आएको छ।
पहिलो संस्करण रसुवाको क्यान्जेन भ्यालीमा भएको थियो भने त्यसपछिका संस्करणहरू मुस्ताङको मुक्तिनाथ क्षेत्रमै सम्पन्न हुँदै आएका छन् । यसअघि सन् २०१९, २०२० र २०२२ मा मुक्तिनाथमा सफलतापूर्वक प्रतियोगिता भएका थिए । मौसमको अवस्था हेरेर अन्तिम तालिका तय गरिने बताइएको छ । यस पटकको प्रतियोगितामा १४ पुरुष र १० महिला खेलाडी सहभागी हुनेछन् । मुस्ताङबाट नेपाली सेनाका केही खेलाडी पनि सहभागी हुने आयोजकले जनाएका छन् ।
सिनियर प्रशिक्षक स्वराज श्रेष्ठ, सहायक प्रशिक्षकहरू दिनेश बोहरा, समिप लामिछाने, लक्ष्मी राई, आयुसी महर्जन तथा शारीरिक प्रशिक्षक विमान्थ अधिकारीले खेलाडीहरूलाई तालिम दिनुहुनेछ ।प्रतियोगितामा अल्पाइन स्कीअन्तर्गत स्लालोम र जायन्ट स्लालोम विधा समावेश गरिएको छ । विजेतालाई स्वर्ण, रजत तथा कास्य पदकसहित पुरस्कृत गरिनेछ । सन् २०२२ पछि आयोजना हुन नसकेको यो प्रतियोगिता यस वर्ष मुक्तिनाथ क्षेत्रमा चार पटक हिमपात भएपछि सम्भव भएको हो । नेपालमा कृत्रिम हिउँको अभावमा प्राकृतिक हिउँ परेको मौसममा मात्र स्की प्रतियोगिता सञ्चालन गर्न सकिने सङ्घले जनाएको छ । प्रशिक्षक श्रेष्ठले अहिलेको अभ्यासबाटै ओलम्पिक लगायतका स्की प्रतियोगितामा सहजता आउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘दुई दिनको प्रशिक्षण र एक दिनको प्रतियोगिता भइरहेको छ । जुनियर र सिनियर हुन्छ । बच्चादेखि नै स्की खेल्न सिकायो भने ठूलो भएर ओलम्पिकमा सहज हुन्छ । ब्यालेन्स गर्न सिक्छ । १३ देखि १५ वर्षका बालबालिकालाई सिकाइरहेका छौँ । स्की कण्डिसन मिलाएर खेल्ने खेल हो ।’
त्यस्तै नेपाल स्की संघका सदस्य अर्जुन महर्जनले सडकहरु राम्रो भए स्कीको प्रशिक्षणमा प्रशिक्षार्थीहरु लैजान सहज हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सडक अलि राम्रो भयो भने एकदिनमै पुगिन्छ । केही सहज हुनेछ । स्की संघले हिउँ बिना स्की गर्न सक्दैन । हिउँ परेको बेलामा तातेर हामी त्यसमै रमाएर गर्ने हो । हिउँ बढी नै प¥यो भने सात, आठ दिन पनि हुन्छ । परेन भने एक दुई दिन ।’
मुक्तिनाथ क्षेत्रमा स्की खेलको रौनक शुरु भएसँगै पर्यटक तथा स्थानीयवासीमा उत्साह छाएको छ । यसले बेमौसम पर्यटन प्रवद्र्धन गरी हिउँदयामको पर्यटन घाटा कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । सरोकारवालाहरूले यस्ता शाहसिक खेललाई राज्यबाट उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
२.
सुनको मूल्यमा गिरावट
-
३.
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
-
४.
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
-
५.
प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
४.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
निलम्बनमा एन्फा
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...
साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान...
पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत
काठमाडौं नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...




