अन्तर्राष्ट्रिय

बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु

काठमाडौं । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ । सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोका अनुसार २४ घण्टामा राज्यका छ वटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको तथा खेतमा काम गरिरहेका किसानको चट्याङ लागेर मृत्यु भएको हो ।

राज्यको गया जिल्लामा तीन जना बालबालिकासहित पाँच जना तथा भोजपुर, औरङ्गबाद, जेहेनाबाद, कैमुर र रोहतास जिल्लामा १२ जनाले ज्यान गुमाएका अल इण्डिया रेडियोले जनाएको छ । गत जुन र जुलाईमा बिहार राज्यमा चट्याङ लागेर ६० जनाको मृत्यु भएको थियो ।

प्रत्येक वर्ष वर्षायाममा चट्याङ लागेर सयौँको ज्यान जाने गरेको छ ।  आगामी पाँच दिनसम्म उत्तरपूर्वी भारत र बिहार, झारखण्ड तथा सिक्किमसहित पश्चिमबङ्गालको पहाडी क्षेत्र भीषण वर्षा हुने पूर्वानुमान मौसम विभागले गरेको छ ।

यसैबीच, बिहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएकाहरूका परिवारजनप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई भारू चार लाख राहतस्वरुप उपलब्ध गराइने घोषणा गरेका छन् । उनले प्रतिकूल मौसममा सतर्क रहन तथा विपद् व्यवस्थापन विभागले जारी गरेका सुझाव पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...