मधेस

जन्तीबस दुर्घटना : मृतकका परिवारलाई जनही १/१ लाख दिने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले बिहीवार राति बैतडीको पुर्चौंडीमा भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई मानवीय सहायतास्वरुप जनही एक लाख उपलब्ध गराउने निर्णय गरेको छ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनाबाट घाइते भई सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएको अवधिभरको औषधोपचार खर्च सरकारले व्यहोर्ने निर्णय पनि गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो।

उनका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँसम्म लैजानुपर्ने भएमा होलिकप्टरको व्यवस्थापन पनि गरिएको छ।

बैतडीको पुर्चौंडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ गइरहेको सुप प्र०२००१ख १११९नम्बरको विवाहका जन्ती चढेको बस पुर्चौंडी सडकखण्डको बडगाउँ भन्ने मोडमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।

घाइते ३५ जनामध्ये डडेलधुरा अस्पतामा २३, धनगढीको निसर्ग अस्पतालमा सात र बझाङमा पाँच जनाको उपचार भइरहेको छ।

उक्त बस सडकबाट झण्डै १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले बताउनुभयो। उहाँका अनुसार दुर्घटनामा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच, मुख्यमन्त्री कमलबहादुर शाहले १३ जनाको ज्यान जानेगरी बिहीवार राति बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाबाट आफू स्तब्ध भएको बताउनुभयो।

सम्बन्धित समाचार

रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा

रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा बिहीबार भएको चार वर्षीया बालिका मृत्यु घटनामा जोडिएका सवारी चालकविरुद्ध ५ दिन...

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही। सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते...

माघ १८ मा मधेश प्रदेशमा बिदा

माघ १८ मा मधेश प्रदेशमा बिदा

काठमाडौं। मधेस प्रदेश सरकारले माघ १८ गते आइतबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। रविदास जयन्ती (माघ पूर्णिमा)का...

सर्लाहीको मलंगवामा फैलियो दादुरा रोग

सर्लाहीको मलंगवामा फैलियो दादुरा रोग

मलंगवा। सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ। हालसम्म सात जना दादुरा संक्रमित फेला परेका छन् भने...