Breaking News

फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्

काठमाडौँ। अहिले युवा पुस्ता सामाजिक सञ्जाल प्रयोगमा सक्रिय छन् । अझ निर्वाचनको पूर्वसन्ध्यामा अझै बढी सक्रिय भइरहेका छन् ।

यस्तो संवेदनशिल समयमा क्षणिक आवेगमा आएर तपाईं अरुलाई गाली गरेका तथा मित्थ्या सूचना सेअर गर्न तथा पोष्ट गर्न सक्रिय त हुनुभएको छैन वा जानी नजानी कसैको व्यक्तिगत चरित्रहत्या गरिरहनुभएको पो छ कि? सावधान १ यस्ता सूचना सामाजिक सञ्जालमा राख्नुभयो भने तपाईँ कारबाहीमा पर्न सक्नुहुन्छ ।

नेपाल प्रहरीले अहिले सामाजिक सञ्जालको उच्च निगरानी गरिरहेको र यस्ता सूचनाहरू सार्वजनिक गरिएमा कारबाही हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो।

उहाँका अनुसार यसरी सामाजिक सञ्जालको दुरूपयोग सम्बन्धमा टोली नै बनाएर अनुगमन गरिएको छ । यसका साथै प्रहरीको साइबर ब्यूरोले समेत सुक्ष्म अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यमहरूको प्रयोगद्वारा गलत सूचना र भ्रम फैलाउने, जातीय, धार्मिक, सामाजिक र साम्प्रदायिक सदभाव बिगार्ने, अरुको चरित्रहत्या गर्ने तथा शान्ति सुरक्षामा असर पार्ने सामग्री बनाउने र सेअर गर्नु अपराध भएको पनि बताउनुभयो।

प्रहरीले कुनै पनि घटना, कसैको अभिव्यक्ति, तस्बिर वा भिडियोलाई झुट्टो, गलत वा भ्रमपूर्ण रूपमा काँटछाँट गरेर अफवाह फैलाउने उद्देश्यका साथ प्रयोग नगर्न र त्यस्ता सामग्रीलाई प्रोत्साहन गर्न लाइक, सेअर वा कमेन्ट नगर्न पनि सबैलाई अनुरोध गरेको छ ।

कानुनविपरीतका सामग्री उत्पादन, प्रचार वा समर्थन गर्नु पनि अपराध भएको जानकारी गराउँदै उनले अनलाइनमा देखिएका कुनै पनि पोस्टहरू सेअर गर्नुअघि त्यो सही र सत्य भए नभएको बुझ्ने प्रयास गर्न सबैमा अनुरोध गरेका छन् ।

प्रहरीले सार्वजनिक आह्वान गर्दै भनेको छ, “सुरक्षित, सभ्य र सकारात्मक डिजिटल वातावरण निर्माण गर्न हामी सबैको भूमिका महत्त्वपूर्ण छ । जिम्मेवार नागरिक बनौँ, समाजमा शान्ति तथा सदभाव कायम राख्न सबैले सहयोग गरौँ ।”

सम्बन्धित समाचार

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ । यद्यपि, एउटा...

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

संयुक्त राष्ट्र संघका एक विशेषज्ञले इजरायलले लामो समयदेखि प्यालेस्टिनीहरू विरुद्ध व्यवस्थित यातना दिँदै आएको बताउनुभएको छ । जुन अहिले...