टी–२० विश्वकप भारत र श्रीलंकामा सुरु हुँदै
काठमाडौँ। विश्व क्रिकेटको महाकुम्भ आईसीसी टी–२० विश्वकप भारत र श्रीलंकामा संयुक्त रुपमा शनिबार सुरु हुँदैछ। भारतका पाँच शहरका पाँच स्टेडियम र श्रीलंकाको दुई शहरका तीन मैदानमा विश्वकपका खेल हुनेछन्। यसपटकको विश्वकपमा कुल ५५ खेल हुनेछ।
भारतको अहमावादस्थित नरेन्द्र मोदी स्टेडियम, कोलकताको इडेन गार्डेन, दिल्लीको अरुण जेट्ली स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम र चेन्नइको एमए चिदम्बरम स्टेडियममा विश्वकपका खेल हुनेछन्।
विश्वकपमा नेपालले समूह चरणका आफ्ना सबै चार खेल वानखेडे स्टेडियममा खेल्नेछ।
श्रीलंकाको कोलोम्बोस्थित आर।प्रेमादसा स्टेडियम र एसएससी क्रिकेट मैदानमा र क्यान्डीको पालकेले क्रिकेट स्टेडियममा विश्वकपका खेल हुनेछन्। विश्वकपको पहिलो दिन आज तीन खेल हुने तालिका छ। श्रीलंकाको कोलोम्बोस्थित एसएससी मैदानमा पाकिस्तान र नेदरल्यान्ड्स बीचको उद्घाटन खेल बिहान सवा ११ बजे सुरु हुनेछ।
यता भारतमा भने दुई खेल हुनेछन्। कोलकताको इडेन गार्डेनमा समूहसीका स्कटल्यान्ड र वेष्ट इण्डिज खेल्ने तालिका छ। यो नेपाल रहेको समूह हो। वेष्ट इण्डिजले दुई पटक विश्ककपको उपाधि उचालिसकेको छ। स्टकल्यान्ड भने अन्तिम समयमा विश्वकपमा प्रवेश गर्ने भाग्यमानी टोली हो।
सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारत भ्रमण गर्न अस्वीकार गरेपछि आईसीसीले वरियताको आधारमा स्कटल्यान्डलाई मौका दिएको हो। यो खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। पहिलो दिनको अन्तिम खेलमा शनिबार राति सवा ७ बजे घरेलु टोली भारतले अमेरिकासँग खेल्ने तालिका छ। मुम्बईको वानखेडे स्टेडियममा अमेरिकासँग खेल्दै साविक विजेता भारतले विश्वकपको यात्रा सुरु गर्नेछ।
नेपालले भने आइतबार दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ। विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह चरणका खेलपछि शीर्ष दुई टोलीले सुपर ८ मा स्थान बनाउनेछन्। सुपर ८ का खेलहरु फेब्रुअरी २२ देखि सुरु हुनेछ। सुपर ८ का शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्। पहिलो सेमिफाइनल मार्च ४ र दोस्रो सेमिफाइनल मार्च ५ मा हुनेछ। फाइनल खेल मार्च ८ मा हुने तालिका छ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित
काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...
निलम्बनमा एन्फा
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...
साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान...




