सन् २०१२ को बेनघाजी आक्रमणका प्रमुख सहभागी पक्राउ
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले सन् २०१२ मा लिबियाको बेनघाजीस्थित अमेरिकी वाणिज्य दुतावासमा भएको आक्रमणका प्रमुख सहभागीमध्ये एकलाई संघीय अनुसन्धान ब्युरो ९एफबीआई० ले पक्राउ गरेको घोषणा गर्नुभएको छ । सो आक्रमणमा तत्कालीन अमेरिकी राजदुत क्रिस्टोफर स्टिभेन्ससहित चार अमेरिकी नागरिकको मृत्यु भएको थियो ।
महान्यायाधिवक्ताकाअनुसार संदिग्ध व्यक्तिलाई सुपुर्दगी गरी शुक्रवार बिहान मेरील्याण्डको जोइन्ट बेस एन्ड्रुजमा लगिएको छ । उनीमाथि हत्या, आतंकवाद र आगजनीसँग सम्बन्धित आरोपहरूमा मुद्दा चलाइनेछ । सन् २०१२ सेप्टेम्बर ११ मा अल–कायदासँग आवद्ध अन्सार अल–शरिया नामक लडाकू समूहले बेनघाजीस्थित अमेरिकी नियोगमा आक्रमण गरेको थियो । जसमा राजदूत र अन्य तीन अमेरिकी अधिकारीको ज्यान गएको थियो ।
यसअघि पनि दुई अन्य संदिग्धहरू पक्राउ परिसकेका छन् र उनीहरूमाथि आक्रमणमा संलग्न भएको आरोपमा अमेरिकामा मुद्दा चलाइएको छ । तत्कालीन विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालमा भएको यो बेनघाजी आक्रमण सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा एक महत्वपूर्ण मुद्दा बनेको थियो । क्लिन्टनको कार्यसम्पादन र उम्मेदवारको रूपमा उनको विश्वसनीयतामाथि राजनीतिक रूपमा आलोचना गर्न यस घटनालाई प्रयोग गरिएको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...




