अन्तर्राष्ट्रिय

लेबनानले शनिवारदेखि ३ सय सजाय पाएका सिरियाली कैदीहरूलाई स्वदेश फिर्ता गर्ने

लेबनान र सिरियाले शुक्रवार बेरुतमा लेबनानी जेलहरूबाट सजाय पाएका सिरियाली कैदीहरूलाई सिरियामा स्थानान्तरण गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीकाअनुसार यो सम्झौता शनिवार बिहानदेखि लागू हुनेछ र शुरुमा करिव ३ सय कैदीहरूलाई समेटिनेछ ।

वरिष्ठ लेबनानी अधिकारीहरू र न्याय अधिकारी प्रमुख मजहर अल–वाइस सहितको सिरियाली प्रतिनिधिमण्डलले यस ऐतिहासिक सम्झौतामा सहमति जनाएका हुन् । लेबनानी उपप्रधानमन्त्री तारिक मित्रीकाअनुसार यो स्थानान्तरण ती कैदीहरूमा मात्र लागू हुन्छ जसले पहिले नै १० वर्ष भन्दा बढी जेल सजाय काटिसकेका छन् ।

यसमा कुनै अपवाद हुनेछैन । सम्झौतामा नपरेका थुनुवाहरूको अवस्थालाई सम्बोधन गर्न छुट्टै कानूनी प्रक्रिया अगाडि बढाइने एजेन्सीले जनाएको छ ।

सम्बन्धित समाचार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...