अन्तर्राष्ट्रिय

स्पेनमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध लगाइने

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ । यसका साथै अवैध वा घृणास्पद सामग्री फैलाउने वा त्यस्ता सामग्रीलाई बढावा दिन एल्गोरिदम प्रयोग गर्ने प्लेटफर्महरूमाथि पनि नियमन कडा पारिने उहाँले बताउनुभयो।

दुबईमा आयोजित वल्र्ड गभर्नमेन्ट समिटलाई सम्बोधन गर्दै सान्चेजले यी उपायहरूको उद्देश्य डिजिटल प्लेटफर्महरूसँग जोडिएका बढ्दो जोखिमहरूबाट नाबालिगहरूलाई सुरक्षित राख्नु रहेको बताउनु भयो । उहाँले यी प्लेटफर्महरू युवा प्रयोगकर्ताहरूका लागि झन्–झन् असुरक्षित हुँदै गएको उल्लेख गर्नुभयो । स्पेन सरकारले सामाजिक सञ्जाल कम्पनीहरूको कानुनी दायित्वलाई सुदृढ गर्न अर्को हप्ता नयाँ विधेयक पेश गर्ने योजना बनाएको छ।

सान्चेजकाअनुसार यसमा अवैध सामग्री हटाउन असफल हुने वरिष्ठ अधिकारीहरूमाथि दायित्व निर्धारण गर्ने विषय समावेश हुनसक्छ । उहाँले प्रविधि कम्पनीहरूलाई थप जिम्मेवार बन्न आग्रह गर्दै सरकारले अब सामाजिक सञ्जाल प्लेटफर्ममा हुने दुरुपयोगलाई बेवास्ता गर्न नसक्ने बताउनु भयो । स्पेनले अनलाइनमा घृणास्पद र ध्रुवीकरण गर्ने सामग्रीहरूको विस्तारलाई निगरानी गर्न र जवाफदेहिता सुधार गर्न नयाँ संयन्त्रहरू पनि विकास गर्ने बताउनुभयो।

१६ वर्षभन्दा कम उमेरकालाई लगाइने प्रश्तावित प्रतिबन्धबारे स्पष्ट पार्दै सान्चेजले बालबालिकाहरूमा अनलाइन दुव्र्यसन, दुरुपयोग, हेरफेर र हिंसात्मक वा स्पष्ट सामग्रीहरूको जोखिम बढ्दै गएको बताउनुभयो। उमेरको प्रतिवन्धलाई कडाइका साथ लागू गर्न सरकारले प्रभावकारी संयन्त्रहरू ल्याउने उनले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...