Breaking News

सुनिल थापाको निधनले शोकमा फिल्म क्षेत्र

काठमाडौँ। वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ । हृदयाघातका कारण शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाकाअनुसार स्वास्थ्यमा समस्या देखिएपछि थापालाई नर्भिक अस्पताल लगिएको थियो । शंखमुलस्थित एक अपार्टमेन्टमा बस्दै आउनुर्भको थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय हुनुहुन्थ्यो । उहाँ हाल नेपाली चलचित्र राम नाम सत्यको छायाँकनमा व्यस्त हुनुहुन्थ्यो । नेपाली चलचित्रमा ‘खलनायक’ भुमिकालाई नायक सरहको चर्चा र सम्मान दिलाउन सफल उहाँ ‘राते काइँला’ नामले विशेष रूपमा परिचित हुनुहुन्थ्यो । कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापा मिलनसार, अनुशासित र सबैलाई सम्मान गर्ने स्थापित कलाकार भएको बताउनु भयो । नेपालको चलचित्र क्षेत्रमा उहाँको योगदान उल्लेखनीय रहेको अध्यक्ष निरौलाले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँ मिलनसार, सबैलाई ईज्जत गर्ने र अनुशासनमा बस्ने कलाकार हुनुहुन्थ्यो । एउटा असल व्यक्तित्व हुुनुहुन्थ्यो, नेपालका लागी स्थापित कलाकार ।’
निर्देशक तथा अभिनेता प्रशान्त ताम्राकारले थापाको निधनले नेपाली चलचित्र उद्योगलाई ठूलो क्षति पुगेको बताउनु भयो । उहाँले आफ्नो चलचित्र यात्रामा सुनिल थापाको ठूलो सहयोग र योगदान रहेको बताउनु भयो । उहाँले शुक्रवार मात्रै थापासँगै आफूले रामनाम सत्य नामक चलचित्रको छायाँकन गरेको बताउनु भयो । उक्त चलचित्रको बाँकी कामको लागि दैलेख जाने योजना भएपनि अब अधरो रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो चलचित्र उद्योगमा हुनु नै सुनिल दाईको ठुलो देन छ । उहाँको सहयोग नभएको भए म यो उद्योगमा हुने नै थिईन होला ।’
निर्माता दीपक कोईरालाले थापालाई आफ्ना अभिभावकसरह व्यक्तित्वका रूपमा स्मरण गर्नुहुँदै उहाँको निधनले आफूलाई गहिरो पीडा पुगेको बताउनु भयो । स्वर्गिय थापाले आफूलाई धेरै सहयोग र मार्गनिर्देशन गर्ने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘मेरो त उहाँ अभिभावन नै हो ।’

थापाका परिवारका सदस्यहरू भारतको मुम्बईमा बसोवास गर्दै आएका छन् । थापाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । परिवारका सदस्य काठमाडौं आएपछि अन्तिम संस्कार गर्ने जनाईएको छ । हाल नर्भिक अस्पतालमा कलाकारहरुको बाक्लो उपस्थिति रहेको छ । बरिष्ठ कलाकार नीर शाह, निर्माता तुलसी घिमिरे, कलाकार विल्सनविक्रम राई लगायतका कलाकारहरु थापाको निधनको खबरपछि नर्भिक अस्पताल पुग्नुभएको हो । – न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा

कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा

सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभई प्रतिज्ञापत्र ल्याउने...

रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत

रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत

काठमाडौं। रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट...

फागुन ३ सम्ममा घोषणापत्र ल्याउन दललाई आयोगको निर्देशन

फागुन ३ सम्ममा घोषणापत्र ल्याउन दललाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आउँदो फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएको छ ।...

यस्तो छ नेकपाको घोषणापत्र

यस्तो छ नेकपाको घोषणापत्र

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन...