Breaking News

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा

काठमाडौँ। कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरमा रहेको भाटभटेनी शनिवारदेखि पुनः सञ्चालनमा आएको हो ।

पुनः सञ्चालनमा आएको सो भाटभटेनीको शुभारम्भ गर्दै प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा नेपालमा कहिल्यै पनि यस्तो नहोस् भनि भगवानसँग प्रार्थना गर्नुभयो । उहाँले जेन–जी आन्दोलनको क्रममा भाटभटेनीमा आगो लगाउने काम गरेको घटना दुःखद् भएपनि आफूले त्यसमा पश्चाताप गरेर बस्ने पक्षमा नरहेको बताउनु भयो । प्रवन्ध निर्देशक गुरुङले अरु ११ वटा ध्वस्त भएका भाटभटेनी पनि छिट्टै पुन सञ्चालनमा ल्याउने समेत बताउनुभयो ।

उहाँले जेन–जी आन्दोलनको दुःखद् घटनाले भाटभटेनीमात्रै नभएर सिंगै नेपाललाई राम्रो हुने दाबी समेत गर्नुभयो । नागासाकी र हिरोसीमा ध्वस्त भएपछि जापान बनेजस्तै जेन–जी आन्दोलनले ध्वस्त बनाएको नेपाल पनि अब राम्रो हुने प्रवन्ध निर्देशक गुरुङको विश्वास थियो ।

उहाँले भन्नुभयो,‘हे भगवान अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् । र आम नेपाली जनतालाई के भन्छु भने अब नेपाल राम्रो होस । राम्रो हुनैपर्छ । नेपालमा जुन दुर्घटना भयो । त्यो घटनाको ठूलो भार, शिकार भाटभटेनीले भोग्नु प¥यो । त्यो भागेपनि भाटभटेनीले हिम्मत राखेको छ–जिरो भएको एउटा भाटभटेनी उठयो । अब क्रमशः सबै चाँडै उठ्नेछ । भाटभेटनी मात्रै होइन, नेपाल नै उठ्छ । नेपालीले आफ्नै सृजना गर्छ, हामीसँग हिम्मत छ, क्षमता छ ।’

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पतीको रुपमा रहेको भाटभटेनी सुपरमार्केट अन्तर्गत १२ वटा सुपरमार्केट ध्वस्त हुँदा अर्बौंको क्षति भएको थियो । ती सबै सुपरमार्केटहरुको सञ्चालनमा ढिलाई नहुने प्रवन्ध निर्देशक गुरुङले बताउनु भयो । –न्युज एजेन्सी नेपा

सम्बन्धित समाचार

माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु

माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु

गोरखा। मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ । शनिबार...

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

काठमाडौँ। गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङख्या...

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...