साहित्य

टीकापुर साहित्य महोत्सव चैत १३ देखि

टीकापुर । टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण हुने भएको छ । टीकापुर साहित्य समाजले आयोजना गर्ने महोत्सव २०८२ चैत्र १३ गतेदेखि १५ गतेसम्म टीकापुरमा हुने शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

साहित्यमार्फत सामाजिक सद्भाव भन्ने नाराका साथ टीकापुर साहित्य महोत्सवमा थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष संस्करणका रुपमा रहने र महोत्सवमा प्रत्येक दिन ७–७ वटा गरी जम्मा २१ वटा बहस सत्रहरू रहने टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिनुभयो ।

महोत्सवको पूर्वसन्ध्यामा विद्वत प्रवचन, विद्यालय तथा माध्यमिक विद्यालयहरुमा नाटककार अशेष मल्लद्वारा लिखित सन्देशमूलक सडक नाटक प्रदर्शन, विद्यालयहरुमा अध्ययनरत लेखनमा अभिरूचि भएका विद्यार्थीका लागि एकदिने लेखन कार्यशाला गोष्ठीको आयोजना पनि गरिने छ ।

महोत्सवमा बहसका साथै सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता महोत्सव, दोस्रो दिन गजल श्रवण तथा विद्यार्थीको सांस्कृतिक कार्यक्रम र तेस्रो दिन थारू साहित्य तथा सांस्कृतिक उत्सव गरिनेछ ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा हुन गइरहेको टीकापुर साहित्य महोत्सवको मुख्य प्रवर्धकका रुपमा सुदूरपश्चिम प्रदेश सरकार रहनेछ भने नेपाल पर्यटन बोर्ड महोत्सवको सहप्रवद्र्धक रहने जानकारी दिइएको छ ।

सम्बन्धित समाचार

दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई

दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई

काठमाडौँ। यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा जयराज आचार्यलाई प्रदान गरिने भएको छ । दण्डपाणि अर्ज्याल स्मृति...

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

लुटिएका हतियार र फरार कैदीबन्दी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाको मुख्य चुनौति रहेको एक अध्ययनले देखाएको छ ।...

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको...

२०१६ देखि नेपालमै अड्किएको विश्व शान्ति मण्डला कहाँ छ?

२०१६ देखि नेपालमै अड्किएको विश्व शान्ति मण्डला कहाँ छ?

काठमाडौं। १६ देशका १० हजारभन्दा बढी स्वयंसेवकले तीन वर्ष लगाएर निर्माण गरेको विश्वकै सबैभन्दा ठूलो भनिएको ‘विश्व शान्ति मण्डला’...