लुम्बिनी प्रदेशकै पहिलो इड्राइभले नेपालगन्जबाट सुरु
नेपालगन्ज । लुम्बिनी प्रदेशकै पहिलो अनलाइन ट्याक्सी तथा बाइक सेवा ई–ड्राइभले नेपालगन्जबाट पनि औपचारिक रूपमा सेवा शुभारम्भ गरेको छ ।
शनिबार यहाँ आयोजित एक कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले रिबन काटेर सो सेवाको शुभारम्भ गर्नुभएको हो । १८ महिना अघि बुटवल–भैरहवा क्षेत्रबाट सुरु गरिएको ई–ड्राइभ सेवा अब पश्चिमको प्रमुख सहर नेपालगन्जमा विस्तार गरिएको छ ।
हाल रुपन्देहीमा ११० वटा ट्याक्सी तथा ५०० भन्दा बढी मोटरसाइकल राइडरमार्फत सेवा दिइरहेको ई–ड्राइभले नेपालगन्जमा प्रारम्भिक चरणमा १५ वटा ईभी (विद्युतीय) ट्याक्सीमार्फत सेवा सुरु गरेको ई–ड्राइभका निर्देशक विजय भण्डारी (बासु) ले बताउनुभयो ।
उहाँले समयअनुसार सेवा प्रणाली डिजिटल बन्दै गइरहेको सन्दर्भमा ट्याक्सी सेवालाई पनि प्रविधिसँग जोडेर अनलाइन माध्यमबाट सुरक्षित, सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्जमा सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा ई–ड्राइभरका अध्यक्ष राजकुमार गुप्ताले युवालाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यसाथ १८ महिनाअघि रुपन्देहीबाट सुरु गरिएको सेवालाई नेपालगन्जमा विस्तार गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा यो सेवा देशभर विस्तार गर्ने योजना रहेको उल्लेख गर्नुभयो । नेपालगन्जमा यसअघि नेपक्यापले पनि अनलाइन ट्याक्सी सेवा सुरु गरेर सञ्चालन गर्दैआएको छ ।
ताजा अपडेट
-
१.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
२.
गोदावरीका दुई इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर
-
३.
रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत
-
४.
प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार
-
५.
क्याप चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका कोइरालाका यस्ता छन् एजेण्डा
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
५.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
सम्बन्धित समाचार
गोदावरीका दुई इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर गरेको छ...
भ्रष्टाचार नियन्त्रणमा नेपालको ठोस प्रगति देखिएनः ट्रान्सपरेन्सी इन्टरनेशनल
काठमाडौँ। नेपालले भ्रष्टाचार नियन्त्रणमा कुनै ठोस प्रगति गर्न नसकेको प्रतिवेदनले देखाएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले मंगलवार सार्वजनिक गरेको...
‘बजेट निर्माण गर्दा क्षेत्रगत प्राथमिकता तय गरौँ’
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बजेट निर्माण गर्दा क्षेत्रगत प्राथमिकता तय गर्न जरुरी रहेको बताउनुभएको...
नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन डलर दिने
काठमाडौँ। नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन डलर दिने भएको छ । हालै वासिङ्टनमा बसेको विश्व बैंकको...




