रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनसँग संयुक्त राज्य अमेरिकाले अत्यन्तै राम्रो वार्ता गरिरहेको बताउनुभएको छ । लगभग चार वर्ष पुग्न लागेको यस द्वन्द्वको समाधानका लागि उहाँले केही हुनसक्ने अपेक्षा व्यक्त गर्नुभयो ।
अमेरिकाको रुस र युक्रेनसँग निकै राम्रो कुराकानी भइरहेको बताउँदै उहाँले केही हुनसक्ने बताउनु भयो । राष्ट्रपतिले यस बारेमा थप विस्तृत विवरण भने दिनुभएन । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रुस र युक्रेनबीच भएको दोस्रो चरणको वार्ता बिहीवार अबु धाबीमा सम्पन्न भएको छ ।
दुवै पक्ष ठूलो संख्यामा बन्दीहरू साटासाट गर्न सहमत भएपनि क्षेत्रीय व्यवस्था जस्ता मुख्य विषयहरूमा भने कुनै ठोस सहमति जुट्न सकेन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीवार अर्को शान्ति वार्ता निकट भविष्यमा, सम्भवतः संयुक्त राज्य अमेरिकामा आयोजना गरिने बताउनु भयो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष...
निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो
काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...
निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...




