वर्षौँको युद्धपछि सुडानको राजधानीमा फूल महोत्सव
वर्षौंको युद्धपछि सुडानको राजधानीमा फूल महोत्सव आयोजना गरिएको छ । जहाँ सुडानभरका १५० भन्दा बढी कम्पनी र उत्पादकहरू सहभागी छन् । जसले सजावटी फूलहरू, बिरुवाहरू, फलफूलका रूखहरू र भू–दृश्य डिजाइनहरू प्रदर्शन गरिरहेका छन् । आयोजकहरूकाअनुसार केही बिरुवाहरू पहिलो पटक सार्वजनिक रूपमा प्रदर्शन गरिएका छन् । प्रदर्शनी स्थललाई हरियो पैदल मार्ग र व्यवस्थित रूपमा रोपिएका क्यारीहरूसँगै रातो, पहेँलो र बैजनी रङ्गका फूलहरूले सजाइएको छ । फूल फुल्ने बिरुवाहरू डालोमा झुण्डाइएका छन् वा स्थानीय संस्कृति झल्काउने परम्परागत माटोका भाँडाहरूमा राखिएका छन् ।
सीमित स्रोतसाधनका बाबजुद, आयोजकहरूले लचिलोपनको सन्देशको रूपमा प्राकृतिक सौन्दर्य प्रश्तुत गर्नमा ध्यान केन्द्रित गरेका छन् । यो महोत्सव राजधानीको मुख्य सडकहरूमध्ये एक नाइल स्ट्रिट नजिकैको मरिना गार्डेनद्वारा आयोजना गरिएको हो ।
आयोजकहरूले स्थानीय उत्पादकहरूलाई सहयोग गर्ने र हरित अर्थतन्त्रलाई बढावा दिनुका साथै सार्वजनिक जनजीवन पुनस्र्थापित गर्ने लक्ष्य रहेको बताएका छन् । युद्धले पूर्वाधार र दैनिक जनजीवन तहसनहस बनाएपछि खार्तुमले बिस्तारै आर्थिक र सामाजिक गतिविधिहरू सुरु गर्दै गर्दा यो महोत्सव आएको हो । क्षति अझै व्यापक भए पनि, रङ्ग, सुगन्ध र भीडले सामान्य जनजीवनको सानो अनुभूति प्रदान गर्दछ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम
सम्बन्धित समाचार
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...




