इजरायली विनाशपछि दक्षिणी गाउँहरूको पुनर्निर्माण गर्ने लेबनानी प्रधानमन्त्रीको घोषणा
लेबनानी प्रधानमन्त्री नवाफ सलामले शनिबार इजरायली आक्रमणबाट ध्वस्त भएका दुई दक्षिणी गाउँहरू यारिन र तायर हर्फामा सरकारी नेतृत्वमा पुनर्निर्माण परियोजनाहरू शुरु गर्ने घोषणा गर्नुभएको छ । दक्षिणको भ्रमणका क्रममा सलामले सरकारी समाचार एजेन्सीका अनुसार पुनर्निर्माणलाई पुनःप्राप्तिको आधारको रूपमा कार्यान्वयन गर्न शुरु गरिएको बताउनु भयो ।
दक्षिणी लेबनानलाई राष्ट्रिय कारणको रूपमा वर्णन गर्दै सलामले पूर्वाधार निर्माण र आधारभूत सेवाहरूको पुनस्र्थापना स्थिरता र बासिन्दाहरूलाई उनीहरूको समुदायमा रहन सक्षम बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले रिकभरी फ्रेमवर्कको रूपरेखा प्रश्तुत गर्नुभयो जसमा नगद सहयोग, निःशुल्क स्वास्थ्य सेवा र विस्थापित विद्यार्थीको लागि निरन्तर शिक्षाको ग्यारेन्टी समावेश छ । सरकारले गाउँहरूमा राम्रो अवस्थाको लागि सार्वजनिक पूर्वाधार र राज्यको स्वामित्वमा रहेका सम्पतीहरू पुनर्निर्माणमा पनि ध्यान दिनेछ ।
सलामले स्थिरता कायम राख्न लेबनानी सेनाको भूमिकाको पनि प्रशंसा गर्नुभयो । नोभेम्बर २७, २०२४ देखि हिजबुल्लाह र इजरायलबीच युद्धविराम लागू भएपनि इजरायली सेनाले हिजबुल्लाहको खतरा हटाउने दाबी गर्दै लेबनानमा बारम्बार आक्रमण गर्दै आएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष...
निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो
काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...
निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...
सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने
काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...




