आहा रारा गोल्डकप माघ २७ देखि
लेखनाथ। पोखरामा माघ २७ गतेबाट सुरु हुने आहा रारा पोखरा गोल्ड कपमा १२ टिम सहभागी हुने भएका छन् । आयोजक सहारा क्लबले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो ।
प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले तीन विदेशीसहित १२ टिम सहभागी हुने टुङ्गो लागेको जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल पुलिस क्लब, मनाङ मर्स्याङ्दी क्लब, प्लानिङ ब्बाइज युनाइटेड, थनडरवोल्ड नर्थ युनाइटेड सिक्किम भारत, गोर्खा इन्टरनेसनल फुटबल क्लब हङकङ, आभा फुटबल क्लब उज्वेकिस्तान, चर्च क्बाइज युनाइटेड, एपिएफ क्लब, जाउलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, फ्रेन्डस् क्लब र सहारा क्लब सहभागी हुने उहाँले बताउनुभयो ।
प्रतियोगिताको २५ औँ संस्करणमा पुरस्कार राशिसमेत वृद्धि गरिएको छ । यसपालिको विजेता बन्ने टिमले नगद पुरस्कार १४ लाख एक हजार र उपविजेताले सात लाख एक हजार पाउने छन् । अघिल्लो वर्ष विजेतालाई १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपियाँ प्रदान गरिएको थियो ।
यसपालि सर्वाेत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर, हरेक खेलका म्यान अफ दि म्याचलाई नगद १० हजार र ट्रफी, प्रत्येक खेलका भाग्यशाली दर्शकलाई पाँच हजार र हरेक खेलमा फ्यान अफ् दि म्याचलाई दुई हजार पाँच सय प्रदान गरिने छ । यसैगरी, अनुशासित टिमलाई २५ हजार र विधागतर्फ उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्टाइकर, कोच, गोलकर्ता र उदीयमान खेलाडीलाई जनही २५ हजारसहित ट्रफी र प्रमाणपत्र दिइने छ ।
सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले पहिलो दिनको खेल सहारा क्लब पोखरा र गोरखा इन्टरनेसनल फुटबल क्लब हङकङबिच हुने जानकारीसमेत दिनुभयो । सोही अवसरमा खेल तालिकासमेत सार्वजनिक गरिएको छ । प्रतियोगितामा फागुन ९ गते फाइनल खेल हुने छ । यसपालि पोखरामा पहिलो पटक पोखरामा फल्डलाइट जडान गरी साँझमा पनि खेल खेलाउने तयारी छ।
आहा राराको २४ औँ संस्करणको उपाधि उज्बेकिस्तानको ब्ल्याक बुल्सले जितेको थियो ।
ताजा अपडेट
-
१.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
२.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
३.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
-
४.
एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते
-
५.
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित
काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...
निलम्बनमा एन्फा
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...
साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान...




